जनता भेट्ने नयाँ काइदा



उहिले काठमाडौं खाल्डोका राजा महीन्द्र मल्ल र अहिले गाउँपालिका, नगरपालिका अनि सिंहदरवारका ‘छोटा राजन’हरु उस्तै उस्तै देखिन÷सुनिन थाल्या छन् । जनताले खाए कि खाएनन्, जनताको घरबाट चुल्हो बल्यो कि बलेन भन्ने सुनिश्चित गरेर मात्रै मल्ल भोजन गर्थे रे । उनी दरवारकै कौशीबाट जनताको दुःख सुख नियाल्ने उनको दैनिकी थियो ।

अहिलेका छोटा राजनहरु मल्लकै शैली दोहो¥याउन थाल्या छन् । जनता नियाल्न छोटाहरुलाई भ्यूटावर चाहियो रे, त्यहि भएर धेरै ठाउँमा धमाधम भ्यूटावर बन्ने खवर आइराछ । सरकारले सिंहदरवार र बालुवाटबाट देश दुनियाँ नियाल्न नभ्याउने भएसी भ्यूटावरमा चढेर दुरविनले ‘दुर दर्शन’ गर्ने कुरो छ । यस्तै कामका लागि भनेर कम्रेड ओलीको निर्वाचन क्षेत्र दमकमा बडेमानको टावर बन्ने भएछ ।

विराटनगरतिर पनि उस्तै बढेमानको टावर शिल्यान्यास भइसक्यो क्यार, २÷४ दिनपछि अन्य ठाउँको खवर पनि फ्याट÷फ्याट आउला । जे होस, भ्यूटावरबाट राम्रै भ्यू देखिने भएसी नेताज्यूहरुको समय निकै बचत हुने भो, बाढी पहिरो, डुवान जनताका अन्य सुख दुःख नियाल्न घर घरै पुग्न नपर्ने भो ।
यति भएसी छोटा राजनहरुको कार्यशैली महीन्द्र मल्लसँगै मिल्ने भो । फरक यति मात्रै हो कि, मल्ल भोक भोकै जनताका दुःख समस्या नियाल्थे, छोटा राजनहरु भ्यूटावरबाट अनेक परिकार डकाल्र्दै नियाल्छन् ।

प्रतिक्रिया दिनुहोस्