एनआईसी एसिया बैंकको नयाँ शाखा फाल्गुनन्द चोकमा



काठमाडाैं, (नेस)
एनआईसी एसिया बैंकले झापाको दमकस्थित फाल्गुनन्दचोक नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । बैंकले २७० शाखा, २८९ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् २२ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

बैंकको वासलातको आकार २१३ अर्ब रुपियाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४६ अर्ब रुपियाँ पुगेको छ । हालसम्म बैंकको ग्राहक संख्या करिब १४ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्