जाडो कि गर्मी ?



‘हैन जाडो पनि कत िबढ्या हो भन्या, यसपालि त अति नै भयो’ यस्तै होहल्ला र गाइँगुइँको बीच यस्ता संवाद सुनिँदै थियो । ‘गरिबलाई जाडोले कति सताउँछ भन्ने कुरा एसीवाला गाडीमा हुँइकिनेलाई के थाहा ?’ अचानोको पीर खुकुरीले जान्दैन भन्ने उखान चरितार्थ भयो । अर्कोले बोलेको पन िसुनियो । स्युस्यु गर्दै हात खोकिलामा हालेर नाम्लो समातेर सडकको पेटीमा फोहोर मिश्रित कागजहरु बालेको ठाउँमा आगो ताप्ने एक भरियाले भन्यो– ‘हामीलाई साह्र नै भयो, गरिबका कोही नहुने रहेछन् ।’

आगो ताप्नेहरुकै समूहको अर्कोले भन्यो– ‘देशैभर ४ अर्बको गर्मीले मान्छे बेहोस भए रे, अब जाडो गयो होला । शहरबजारभरि गरमागरमा बहसले देशै तातेको छ, अब जाडो गयो ।’

यी र यस्तै चर्चापरिचर्चा व्यापक छ सहरमा । गरिबीको रेखामुनि पारेका वा परेका वा पारिएकालाई जाडो भगाउन रुई, दुई, फुईमध्ये एक अनिवार्य मानिन्छ । त्यसैले आफूलाई जे अनुकूल हुन्छ त्यही प्रयोग गरेर जाडो त भगाउनै पर्यो । यी तीन कुराले पनि नपुगेर असन्तुष्टि व्यक्त गर्नेहरु सोमरस पान गरेर जाडो हटाइरहेको दृश्य पनि कम्तीको देखिँदैन ।

होटल, रेस्टुराँ, बार, पब, डिस्को, भट्टी जताततै भीड देखिन्छ । तैपनि जाडो गएको होइन ।

धन्न कहाँकाट ४ अर्बको गर्मीले देशलाई नै छोएछ र जाडो भागेर भन्ने धरहराको अनुमान छ । आजदेखि कसैले पनि बाक्ला कपडा लगाउनु पर्दैैन, लाज नमानी हिँडे हुन्छ । ४ अर्ब घोटला हुँदा त लाज नमान्ने मेरो मुलुक अब नाङ्गै हिँडे हुन्छ भन्ने धरहराको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्