मल्लिकाको भ्रम सार्वजनिक



गायिका मल्लिका कार्कीको स्वरमा रहेको भ्रम बोलको आधुनिक गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। आलोकश्रीको संगीत रहेको गीतमा चन्द्र कुवेर खपुङको शब्द रहेको छ। कलाकारहरू विनोद केसी र अलका सुवेदीले अभिनय गरेको आकर्षक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्