नयाँ सांसदहरुको सपथ



ढाका (एजेन्सी)
बंगलादेशको नवनिर्वाचित सासंदहरुले बिहिबार ११ औं संसदका लागि सपथ लिएका छन् । सन् २०१८ डिसेम्बर ३० मा भएको चुनावमा प्रधानमन्त्री शेख हसिनाको पाटी अवामी लिगले दुई तिहाइ भन्दा बढी सिटमा जित हासिल गरेको हो ।

२ सय ९९ सिट रहेको जातिय संसदमा सत्तारुढ अवामी लिगले २ सय ८८ सिट जितेको छ । बंगलादेशको संसदमा कुल ३ सय ५० सिट हुन्छ जसमा ५० सिट महिला तथा आनुपातिक आधारमा सुरक्षित सिट पर्छन् । यसपटकको संसदमा अल्पसंख्यक समुदायबाट निर्वाचित भएका १८ सांसदहरुमा प्राय हिन्दु भएको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्