नेपाल बंगलादेश बैंकको शाखा मैतिदेवीमा



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले काठमाडौं महानगरपालिका–३० मैतिदेवीमा ८१औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका सञ्चालक इन्द्रबहादुर थापाद्वारा संयुक्तरूपमा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मैतिदेवी शाखासहित बैंकले ८१ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ६३ वटा एटीएमबाट बैंकिङ सुविधा दिँंदै आएकोे छ।

 

प्रतिक्रिया दिनुहोस्