सिटिजन्स बैंकको प्रादेशिक कार्यालय पोखरामा



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ४ को प्रादेशिक पोखराको सिमलचौरमा स्थापना गरेको छ । नेपालको संविधानले नेपाल राज्यको संरचनाः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।

प्रदेश नम्बर ४ अन्तर्गत बैंकका ५ वटा शाखा (बागलुङ, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौर) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएकाआफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्