चुम्बकको चुम्वन



‘जुन जोगी आएपनि कानै चिरेका’–यो उक्ति पर्यटन मन्त्रालयसँग हुबहु मेल खान्छ । जुन मन्त्रीले यो मन्त्रालय सम्हाले पनि विवादमै तानिन्छन्, अचम्मै छ भन्या । मन्त्री मात्रै हो र, मन्त्री भन्दा मुनीका सचिव र उनी मातहत वायु सेवा निगम हाकिम अनि आसेपासे भ्रष्टाचारकै आरोपमा तानिन्छन् ।

मन्त्री र अन्य आरोपी त्यसै आरोपमा मुछिएका होइनन्, यसका लागि देशी/विदेशी विशेष प्रकारका चुम्बकको प्रयोग हुँदै आएका छन् । त्यस्तो चुम्बकले २०४६ सालपछिका पर्यटनमन्त्री र निगमका हाकिम अनि हाकिमको दौरा/सुरुवाल समात्ने सबैलाई डाम्दै आएको छ ।

धमिजा काण्ड, चाइना साउथ वेस्ट, लाउडा हुँदै अहिले वाइड बडी काण्ड जस्तो चुम्बकले धेरैलाई डामिसक्या छ । मन्त्री र हाकिमले चुम्बकलाई चुम्वन गर्न नजान्या हो कि चुम्बकको शक्ति उस्तो हो बुझ्ने गाह्रो छ ।

धेरैलाई संकटादेवीले संकट मोचन गर्छिन् भन्ने विश्वास छ, तर पर्यटन मन्त्रालय मातहतको वायु सेवा निगम संकटादेवीको काखैमा हुँदा पनि सँधै साढेसातीले छोडेन भन्या ।

त्यहि साढेसातीले गर्दा अहिले वाइडवडी चुम्बकले धेरैलाई चुलुम्म पार्ने चर्चा त्यसै चल्या हैन होला ? धरहरालाई यही चिन्ता छ, चुम्बकले यसरी फटाफट चुम्वन गर्ने भएसी कोही चोखो नहुने भो ।

प्रतिक्रिया दिनुहोस्