अनलाईन शेयर कारोबार अब ग्लोबल बैंकबाट



काठमाडौैं(नेस)
ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्ध भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्रीबापतको रकम रकमान्तर तथा राफसाफगर्न सक्नेछन् ।

बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदान गर्न ग्लोबल शेयर लगानी बचत खाता सञ्चालनमा ल्याएको हो। यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्रीबापतको रकम राफसाफ गर्न सकिने छ ।

उच्चतम ब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने छ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिनमिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेटबैंकिंङ्ग र चेकबुक निशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ ।
यस अघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्ग सेवा लिएर अनलाईन शेयर कारोबार गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्