बैतडीमा शव वाहन नहुँदा समस्या



विनोद सिंह विष्ट, बैतडी ।
१० वटा स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन् । शव वाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा मात्र हैन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरु समस्यामा पर्ने गरेका स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोस पाण्डेयले बताए ।

शव वाहन नहुँदा जिल्लावासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा महँगो भाडा तिरेर जीप र ट्याक्टरमा शव बोक्ने गरेका छन् । उनले भने“ःशव पोष्टमार्टम तथा सतगति गर्नुपर्यो भने निकै समस्या हुने गर्दछ”

कुनै अप्रिय घटना आत्महत्या, भैपरी आएका घटना,दुर्घटनामा कुनै व्यक्तीको शवपरिक्षण समस्या पर्ने गरेको छ ।
अतिआश्यक रुपमा रहेको शववाहन किन्नको लागी स्थानिय प्रसासन तथा स्थानीय सरकारले अग्रसर हुनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टले बताए । स्थानीय तहहरुले महङ्गो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरीद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहान किन्नका लागि कसैले चासो देखाएका छैनन् ।

बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा कुनै पनि स्थानीय तहले शववाहन किनेका छैनन् भने नत कुनै चाँसो नै दिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले शववाहन किन्न स्थानीय तहसंग कुरा गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्