सिभिल बैंकद्वारा आठौं वार्षिकोत्सवमा देशव्यापी कार्यक्रम



काठमाडौं, (नेस)
सिभिल बैंकले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर महिनाभर सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ ।

बैंकले देशव्यापी कार्यक्रमअन्र्तगत वीरगन्ज, विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, नारायणगढ, हेटौडा, मणिग्राम, बनेपा, इटहरी, विराटचोक, धनगढी, घोराही, दमक शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस्तै धादिङबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, भुलभुले, राइनास, बाह्रबिसे, लेखनाथ, बेशीशहर, गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाबाट सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई जनही ५ हजार रुपियाँको छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३ सयवटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनि वहन गरेको थियो ।

बैंकले चालँ आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरएस अनुसार) १८ करोड ५० लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३ दशमलव ९९ प्रतिशतको वृद्धि हो) कमाउन सफल । बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्