मेगा बैंकद्वारा कस्टमर केयर शुरू



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले राजधानीका आठ वटा शाखामा ग्राहकका लागि मंगलबारबाट विशेष सुविधा शुरू गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । उनीहरुलाई ग्राहकको बैंकिङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखामा नमुनाका रुपमा शुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो । ‘हामीले ग्राहकको विश्वास जित्दै अघि बढ्दै भन्ने मुलमन्त्र बनाएका छौं । तसर्थ, हरेक ग्राहक हाम्रो लागि मँल्यवान हुनुहुन्छ । उहाँहरुलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा शुरु गरेका हौं ।’ सीईओ खुञ्जेलीले भन्नुभयो ।

‘मेगा कस्टमर केयर अफिसर’ ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकलाई स्वागत गर्नुका साथै उनीका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्