प्रभु बैंकमा शेयर कारोबार गर्न अनलाइन टे«डिङ बचत खाता



काठमाडौं, (नेस)
नेपाल स्टक एक्स्चेञ्जले मंगलबारदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाइन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाइन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाइन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।

अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट अनलाइन शेयर कारोबार गरी शेयर खरिद विक्रीवापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायक्त प्रभु अनलाइन टे«डिङ बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले पुस १८ गतेदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाइन टे«डिङ बचत खाताबाट लगानीकर्ताले घरमै बसीबसीसजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्रीवापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाइन टे«डिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई–बैंकिङ सेवा उपलब्ध हुनेछ ।

प्रभु बैंकको प्रभु अनलाइन टे«डिङ बचत खाताबाट स्वचालित प्रणालीअन्तर्गत अनलाइन शेयर कारोबार गर्न चाहने सम्पँर्ण लगानीकर्तालाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पुँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्