नसर्ने रोगबाट मृत्यु हुने प्रमुख कारण बन्दै हृदयरोग



भगवती तिमल्सिना

विश्वमै सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढिरहेको अवस्थामा नेपालमा पनि नसर्ने रोगको प्रकोप उच्च रहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यलाई मुटुरोग विशेषज्ञले निकै गम्भीररूपमा लिएका छन्। सन् १९९० सम्म ५औं स्थानमा रहेको मुटुरोगको समस्या नेपालमा अहिले आएर १ नम्बर ज्यानमाराका रूपमा स्थापित भएको छ। नसर्ने रोगबाट मृत्यु हुनुको प्रमुख कारण मुटुरोग बन्दै छ। यो नेपालजस्तो विकासोन्मुख देश र त्यहाँ बसोबास गर्ने आम मानिसका लागि निकै चिन्ताको विषय हो।

नसर्ने रोगले सुस्तगतिमा प्रभाव पार्दै जान्छ। विश्वमा नसर्ने रोगलाई मृत्यु निम्त्याउने रोगमध्ये पहिलो नम्बरमा मानिन्छ किनकि यसको कारण हरेक वर्ष करिब ३ करोड ६० लाख मानिसको मृत्यु हुने गर्दछ। सामान्यतया नसर्ने रोगहरूमा मुटुरोग (कोरोनरी मुटुरोग र ह्दयघात), क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगहरू (दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग र दम) र मधुमेह रहेको मुटुरोग विशेषज्ञ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजँ बताउनुहुन्छ। नसर्ने रोगहरू विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपँर्ण व्यवहार जस्तै सँर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक सक्रियता र मदिरापानको हानिकारक प्रयोग आदिका कारण लाग्दछ।

किन हुन्छ ह्दयरोग भन्ने बारेमा जानकारी गराउन ‘नेपालमा मुटु तथा रक्तनलीका रोगको सम्बोधन गर्नका लागि अनुवादिक अनुसन्धान क्षमता निर्माण पहल’ अभियान काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले थालनी गरेको एक वर्ष पँरा भएर दोस्रो वर्षमा प्रवेश गरेको छ।

नसर्ने रोगका कारण विश्वमा नै झन्डै ६० प्रतिशतभन्दा बढी मानिसमा ठँलै समस्या देखापरेको र नसर्ने रोगका कारण हुने मृत्यु तथा अपाङ्गतामा २५ प्रतिशतको हाराहारीमा ह्दयरोग भएको विश्व स्वास्थ्य संगठनले औंल्याइसकेको छ। यसमा पनि कमजोर आयस्रोत भएका मुलुकहरूमा मुटुरोगको प्रकोप अझ बढी रहेको औंल्याइरहँदा काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञसहितको एउटा ठँलै समँहले अमेरिका, चाइना र भारतसमेतको सहकार्यमा नेपालमा ह्दयरोगको सम्बोधन गर्नका लागि अनुवादिक अनुसन्धान क्षमता निर्माण पहलको अभियान नै चलाउनु निकै प्रशंसनीय कार्यको थालनी भएको छ। यो कार्यको थालनी नेपालका लागि नयाँ र निकै बृहत् भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू र मुटुरोग विशेषज्ञहरूको दोस्रो वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमको निष्कर्ष रहेको छ।

पहिलो वर्ष १६ जना प्राविधिकलाई नेपालमा मुटुरोगको अवस्था, कार्यक्रम, सरकारले पु¥याउँदै आएका सेवा सबैलाई समेटेर जनचेतनासहित, उपचारपद्धतिमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने बारेमा तालिम दिने काम भइरहेको छ। तालिममा विभिन्न पक्षलाई समेटिएको परियोजनाका अध्यक्षसमेत रहनुभएका डा. कोजँले जानकारी गराउनुभयो। उहाँ भन्नुहुन्छ– ‘परियोजनाको मँल उद्देश्य भनेकै ह्दय रोगीहरूको वर्तमान अवस्था, उपचारमा बिरामीको पहुँच, राष्ट्रिय क्षमता, आवश्यकतालाई स्वास्थ्य मन्त्रालय, चिकित्सक, स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, औषधि व्यवसायी, मुटुरोग विशेषज्ञ, अर्थविद्लगायतको अनुभवलाई एकत्रित गरी समस्या पहिचान र समाधानका लागि काम शुरू गर्नु नै हो।

नेपालमा ह्दय रोग निवारणका लागि आवश्यक जनशक्ति र स्वास्थ्य संस्थाहरूको विस्तारको खाँचो रहेको पनि भेलाले औंल्याएको थियो। नेपालमा ८५ जनाको हाराहारीमा कार्डियोलोजिस्ट रहेका र त्यसमा पनि ५० भन्दा बढी काठमाडौंमा नै केन्द्रित हुने हुनाले सर्वसाधारण तथा आर्थिक अवस्था कमजोर भएका व्यक्ति स्वास्थ्य सेवाको पहुँचमा पुग्न सक्छन् कि सक्दैन भन्ने बारेमा सरकारको ध्यान पुग्नु जरुरी भएको सहभागीहरूले औंल्याएका थिए। ह्दय रोगलाई कसरी कम गर्न सकिन्छ अर्थात् लाग्नै नदिन के गर्ने भन्ने बारेमा आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य उपचारका क्षेत्रमा मुटुरोगको उपचारका लागि दक्ष जनशक्ति तल्लो तहदेखि नै हुनुपर्ने विषयमा जोड दिइएको थियो।

‘ह्दय रोगमा पनि कर्नरी आर्टर डिजिज र स्ट्रोक बढेको छ। यसमा पनि नसर्ने रोग मध्ये मुटुरोग निकै कठिन अवस्थामा छ। अकस्मात् लड्ने, बोल्दाबोल्दै या हिँड्दाहिँड्दै लड्ने र अपाङ्ग हुनेमा २२ प्रतिशत मुटुरोगी छन्।’ –डा. कोजँ भन्नुहुन्छ।

त्यस्तै मुटुरोगको उपचारका लागि नर्भिक अस्पतालमा हरेक दिन एक जनाको हाराहारीमा अर्थात् महिनामा ३० जनासम्म शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको कार्डियोलोजिस्ट डा. नग्मा श्रेष्ठ बताउनुहुन्छ। नेपालमा पछिल्लो समय एन्टिबायोटिक औषधि सिटामोलजस्तै गरी जुनसुकै रोगका बिरामीलाई पनि दिनु, मुलुकको अवस्थाअनुसारको गाइड लाइन नहुँदा अमेरिका, युरोपको मोडलको गाइडलाई हेरेर नेपालमा उपचार गर्नु, देश संघीयतामा गइसक्दा पनि प्रदेशस्तरीय अस्पतालको संरचना नै नबन्नुले मुटुरोगको उपचार आवश्यकताअनुसार हुन नसकेको डा. श्रेष्ठको भनाइ छ।

परियोजनाका संयोजक डा. अर्चना श्रेष्ठले दोस्रो वर्षको शुरूआतामै बिरामी, चिकित्सक, नीतिनिर्माता, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, विशेषज्ञ, बुद्धिजीवी, पत्रकार, स्वास्थ्य स्वयंसेविका, देशभरका कार्डियोलोजिस्टहरूको प्रतिनिधिले दिनुभएको राय सुझावलाई मुख्य आधार बनाई मुटुरोगको पहिचान र रोकथामका लागि के गर्न सकिन्छ, हालसम्म केके भइरहेको छ र हुनुपर्छ भन्ने बारेमा निष्कर्ष निकालेर काम अघि बढाउने बताउनुभयो। उहाँले अबका दिनमा राज्यपक्षलाई समेत झक्झक्याउँदै अन्तर्वार्ता, छलफल, बिरामीको अवस्था, परिवारको आर्थिक अवस्था, हाल भएका र हुनुपर्ने नीतिका बारेमा स्वास्थ्य मन्त्रालयसँग छलफल गरी अघि बढ्ने पनि उहाँले बताउनुभयो।

‘यसका साथै दोस्रो वर्षको कार्यक्रममा विश्व स्वास्थ्य संगठनको गाइड लाइनअनुसार औषधि, बीमा, अर्थ व्यवस्थापन, जनशक्ति, महिला स्वास्थ्य स्वयंसेविकाको भँमिका, सेवा सुविधा गाउँ र शहरमा के कस्तो छ र नीति निमार्णमा के आवश्यक छ, समुदायमा कस्तो प्रभाव परेको छ भन्ने बारेमा अनुसन्धान गरी अन्तिम रिपोर्ट सार्वजनिक गर्नेछौं।’ –श्रेष्ठले भन्नुभयो। सोही अवसरमा स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखामा कार्यरत भीम सापकोटा भन्नुहुन्छ– ‘यतिबेला सरकारका निकाय नीतिनियमकै विषयमा रुमलिएको अवस्थामा छ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ– ‘सरकारले गर्नुपर्ने काम सामुदायिक अस्पताल अर्थात् काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालले शुरू गरेको छ। यो परियोजनाबाट तालिम प्राप्त १६ जनालाई नेपालमै टिकाइराख्ने वातावरण बनाउनु जरुरी छ। ह्दय रोगका बिरामीको रजिस्टर गर्नु जरुरी छ। यसका साथै रोगको वर्गीकरण गरी उपचार पद्धतिलाई छिटो, छरितो र सर्वसुलभ बनाउनुपर्छ। पहिलो कुरा त मुटुरोगीका लागि आवश्यक पर्ने औषधि जेनेरिक नाममा र आवश्यकताअनुसार नेपालमा आपँर्ति भएकै छैन।’

स्वास्थ्य मन्त्रालयअन्तर्गत मानसिक स्वास्थ्य र नसर्ने रोग नियन्त्रण विभागका प्रमुख फणिन्द्रप्रसाद बराल भन्नुहुन्छ– ‘सरकारले उपलब्ध गराउने निःशुल्क औषधिमध्ये ११ वटा नसर्ने रोगको पनि भएको र ७ वटै प्रदेशमा १ करोडका दरले स्वास्थ्य उपचारका लागि बजेट छुट्याएको छ।’ औषधि व्यवसायी महासंघका कोषाध्यक्ष अजय खड्काले सबै पक्षको सहयोग, साथ र सहकार्य होस्, साथै फिल्डमै गएर अनुसन्धान गर्नु जरुरी छ भन्नुहुन्छ। नेपाल नर्सिङ संघका तर्फबाट बोल्दै राजकुमारी ज्ञवाली भन्नुहुन्छ– ‘तिमी १ घण्टा हिँड म २४सै घण्टा हिँड्छु मुटुले भने जस्तो सरकारले पनि काम गर्ने निकायलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा समेटेर जाने नीति ल्याउनुपर्छ।’ मुटुरोगी लक्ष्मी डंगोल भन्नुहुन्छ– ‘७ वर्षअघि मुटुरोग लागेको पत्ता लाग्यो। तर उपचार गर्न सकिनँ। बल्ल ७ महिनाअघि उपचार गर्न जाँदा मेरो दिन सकियो भन्ने लागेको थियो। तर, डाक्टर नै भगवान् बनेर मलाई बचाए।’

मुटुरोगीहरूले सरकारले ११ वटा मुटुरोगका औषधि निःशुल्क दिने कुरा थाहै नपाएको र औषधि किन्न जाँदा लाइसेन्स एउटाको व्यापार दालचामल जसरी छोरा छोरी र श्रीमतीले गरिरहेको अवस्थामा कसरी गुणस्तरिय औषधि पाइन्छ भन्नुहुन्छ बुद्धराम वेंजँ। उहाँ थप्नुहुन्छ– ‘जो पायो उसले औषधि बेच्नेलाई आजीवन कारावासको सजाय तोकिनुपर्छ कसैले पनि स्वास्थ्यमाथि खेलबाड गर्न पाउँदैन।’ नेपालमा २९ हजारभन्दा बढी औषधि पसल रहेका र १३ हजार मात्र औषधि व्यवस्था विभागमा दर्ता भएर काम गरिरहेको अवस्थाछ विभागका अधिकारी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्