हात्ती महोत्सवको रौनक



बुधबारदेखि सौराहामा शुरु भएको हात्ती महोत्सवले चितवनको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भँमिका निभाउनेमा दुईमत छैन। क्षेत्रीय होटल संघ सौराहाको अगुवाइमा हात्ती महोत्सव हुँदै आएको छ। चितवनको पर्यटन प्रवद्र्धनका लागि यो महोत्सव कोसेढुंगा साबित भएको छ। विशेष गरी विदेशी पर्यटकको बसाइ लम्ब्याउन र उनीहरूलाई आतिथ्यता प्रदान गर्न हात्तीसँग सम्बन्धित खेलहरूमार्फत आकर्षण गरिँदै आएको छ। पर्यटकहरूलाई भरपँर मनोरञ्जन दिलाउन र उनीहरूमार्फत नेपालको पर्यापर्यटनबारे सकारात्मक सन्देश प्रवाहित गर्नु नै महोत्सवको उद्देश्य रहँदै आएको छ।

महोत्सव आयोजक समितिले हात्ती महोत्सव विशुद्ध पर्यटक प्रवद्र्धनका निम्ति आयोजना गरिएको बताउँदै आएको छ। १५औँ शृङ्खलाको चितवन हात्ती महोत्सवले स्थानीय कला, संस्कृति, उत्पादन र व्यापार पनि बढाउने भएकाले यसलाई नाफामुखी महोत्सवभन्दा सेवामुखीभन्दा फरक पर्दैन। विशेष गरी क्रिसमससँगै सौराहाको रौनक बढेको हो।

अंग्रेजी नयाँ वर्षमा आउने पर्यटकलाई आकर्षित गर्न र सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पँरा गर्न पनि यस्ताखाले महोत्सवहरूले महत्वपँर्ण भँमिका खेल्न सक्छन्। यस्तो महत्वाकांक्षी लक्ष्य हासिल गर्न सौराहामा महोत्सवसँगै पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रमहरू बढाउन सक्नुपर्छ। महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती फास्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरूको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगितालगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ। हात्ती महोत्सव सकिनासाथै पुस २५ गतेदेखि १२औँ चितवन महोत्सवको तयारी गरिँदै छ।

नारायणी नदी किनारमा आयोजना हुने सो महोत्सवले पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ। साथै, पर्यटकको संख्या पनि दोब्बर भित्र्याउने लक्ष्य राखेको छ। हालसम्म बर्सेनि १० लाख पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन्। चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिन्छ। नेपाल भ्रमणमा आउने पर्यटकहरू काठमाडौँ, पोखरापछि चितवनमै आउने गर्छन्। त्यसैले चितवनलाई तेस्रो गन्तव्य मानिएको हो। पर्यटनसँग सम्बन्धित कार्यक्रम बढाउँदा भ्रमण वर्षकै लागि टेवा पुग्छ।

सरकारले यसअघि एकसय पर्यटकीय स्थलहरूको गन्तव्य घोषणा गरिसकेको छ। चितवनका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गरिने पनि यस्तै महोत्सवमार्फत नै हो। यसैलाई मध्यनजर गर्दै चितवन महोत्सवमा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी नेपाली र अंग्रेजी भाषामा पर्यटक गाइड बुक प्रकाशन गरिने भएको छ।

चितवनको गौरव र गरिमासँग जोडिएका यस्ता महोत्सवको सफलताले नै देश र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकाले पर्यटन व्यवसायीहरूले पनि व्यापारभन्दा सेवामा बढी ध्यान केन्द्रित गर्नुपर्छ। पर्यटकहरू ठगिनुपरेका र दिक्क लाग्ने व्यवहार भएका गुनासाहरू सदाका लागि अन्त्य हुनुपर्छ। पर्यटक बनेर आएकाहरू साथी बनेर फर्किऊन् भन्ने उद्देश्यले व्यवसायीहरूले आतिथ्य सत्कारमा ध्यान दिनु आवश्यक देखिन्छ।
– सुरवीर सुनार, चितवन।

विद्यार्थीलाई पढ्ने वातावरण बनाऔं
विद्यालय विद्यार्थीको दोस्रो घर मानिन्छ। व्यावहारिक शिक्षा घरबाट सिके पनि बाहिरी ज्ञान र विज्ञान सिक्ने थलो विद्यालय हो। विद्यार्थीलाई असल र ज्ञानी बनाउने थलो विद्यालय हो भने ज्ञानी बनाउने शिक्षक–शिक्षिका हुन्। त्यसै कारण, शिक्षक–शिक्षिकालाई गुरू÷गुरुआमाको दर्जा दिइन्छ। राम्रो संस्कार सिकाएर भविष्यका मार्गदर्शक बनेका गुरु÷गुरुआमाहरू सधैँ स्मरणमा रहिरहन्छन्। श्रद्धा र सम्मानका भागीदार मानिन्छन्।

तिनै सम्मानका हकदारको भीडमा यस्ता पनि शिक्षक हुन्छन्, जसले बालबालिकालाई तर्साएर, धम्क्याएर, मानसिक यातना दिएर काबुमा ल्याउने दुस्साहस गर्छन्। यातना दिएर कुनै पनि विद्यार्थी काबुमा आउँदैन। बरु, प्रतिशोधले भविष्यमा अकल्पनीय स्थिति उत्पन्न हुनसक्छ। मानव सभ्यतासँगै र मानिसको चेतनास्तर वृद्धि हुँदै जाँदा पनि शिक्षकजस्तो गरिमामय पेसामा रहेकाहरूबाट बेला–बेलामा यातना र हिंसात्मक व्यवहार प्रदर्शन हुँदा शिक्षण पेसाको प्रतिष्ठामा गम्भीर सवाल खडा भएको छ। के विद्यालयहरू यातनाशाला हुन् ? शिक्षकहरू यातनाकर्मी हुन् कि शिक्षणकर्मी ?

पढाउने बहानामा बालबालिकाको कोमल मस्तिष्क र कलिलो ज्यानमाथि बर्बर यातना दिनु गम्भीर अपराध हो। विद्यार्थीलाई अनुशासन सिकाउने नाममा गोरुलाई झैँ कुटिएका, कतिपयको हातखुट्टा नै भाँचिएका, कानको जाली नै फुटेका, तर्सिएर विद्यालय जानै छाडेका, मानसिक यातनाका कारण विक्षिप्त भएका निन्दनीय घटनाहरू सार्वजनिक हुँदै आएका छन्।

साना बालबालिकाले गर्ने गल्ती पनि उल्लिखित कुराहरू नै हुन्। शिक्षकले सिकाउने प्राथमिक अनुशासन पनि तिनै कुरा हुन्। शिक्षण सिकाइका विविध पाटाहरू छन्। मनोवैज्ञानिक माध्यम छन्। विद्यार्थीलाई ठँलो डाँको नगरीकनै, दुव्र्यवहार नगरीकनै, हात नहालीकनै अनुशासनमा बस्न सिकाउने पो गुरु हुन्छन्। विद्यालयमा जबसम्म शिक्षकहरूको मानसिकता बदलिँदैन तबसम्म कैयौँ बालबालिकाले यातना भोग्नुपर्ने हुन्छ।

शिक्षक देखेर विद्यार्थी भाग्ने होइन, आकर्षित गर्ने वातावरण सिर्जना हुनुपर्छ। विद्यालय किताबी ज्ञानमात्रै सिक्ने थलो नभएर सामाजिक सम्बन्ध विकसित गर्दै भविष्यमा योग्य र प्रतिभावान् नागरिक उत्पादन गर्ने थलो पनि हो। यसर्थ, आपराधिक मनोवृत्ति भएका शिक्षकबाट प्रशिक्षित बालबालिका भविष्यका लागि घातक बन्न सक्छन्।

संविधानमा बालबालिकालाई जुनसुकै अवस्थामा शारीरिक, मानसिक तथा कुनै प्रकारको यातना दिन नपाइने उल्लेख छ। पछिल्लो समय बालमैत्री शिक्षण सिकाइ नीतिप्रति अधिकांश विद्यालयले प्रतिबद्धता व्यक्त गरे पनि शिक्षकहरूको घैँटोमा घाम नलाग्नु दुर्भाग्य नै मान्नुपर्छ। यातना दिने शिक्षक हुन् या प्राचार्य, उनीहरूमाथि कडा कारबाही गरी विद्यालयमा भयरहित वातावरण सिर्जना गर्नु अति जरुरी देखिएको छ। यस विषमा सबैले सोच्न जरुरी छ।
– मनोज कार्की, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्