साढेसाती कहिलेसम्म ?



नेता र पत्रकारको ग्रह ठ्याक्कै मेल खाँदैन, मेल त्यसको हुन्छ जसले नेताको मन खान्छ, अर्थात् नेताको मन जित्छ । मन जित्ने पत्रकार सच्चा र इमान्दार पत्रकार कहलिन्छ, उसैले नाम र दाम कमाउँछ । जसको ग्रह मिल्दैन, ऊ बेइमान र अनेकौ नामले पुरारिन्छ ।

अझ नेताको पगरी गुथेर मन्त्री बनेकाहरु त सबत्र बेइमान पत्रकार मात्रै देख्छन्, उनका नजरले असल र इमान्दार पत्रकार देख्नै सक्दैन । यता केन्द्रमा त्यस्ता मन्त्री बाक्लै छन् क्यार, उता प्रदेशतिर पनि रैछन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पत्रकारलाई जुत्ता हान्ने धम्की दिएपछि मुलुकमा असल पत्रकारको खडेरी प¥या पुष्टी हुन्छ ।

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१४मा शनिवार आयोजित एक कार्यक्रममा भने–‘पत्रकारले झुटको खेती गरिरहेकाले त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ ।’ जनकपुरमा घर भएका नेता÷मन्त्रीले पनि भरभाडा लिएकोबारे पत्रकारले चासो लिएपछि उनले पत्रकारलाई सो दर्जा दिन भ्याए ।

त्यस्तो दृश्य देखेसी तीनछक परेको धरहराको ठहर छ–जसो जसो मन्त्री÷नेता उसै उसै पत्रकार भए मात्रै यस्ता पात्रको ग्रह शान्ति हुने रैछ । हैन भने यीनको साढेसाती अझै कति बर्ष लम्बिने हो भन्न निकै गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्