ट्र्म्पको धम्की



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले मेक्सिकोसँगको दक्षिणी सीमा पुर्ण रुपमा बन्द गर्ने र आप्रवासी कानुन परिवर्तन गर्ने धम्की दिएका छन् । सीमामा पर्खाल निर्माण गर्न बजेट ब्यवस्थापन गर्ने उनको मागमा विपक्षी डेमोक्र्याट सहमत नभएमा उक्त कदम चाल्ने उनलेब बताए ।

केही दिनमा नयाँ बर्ष सुरु हुने र यसतो बेला सरकारको कामकाज आशिंक रुपमा ठप्प भइरहेको छ । ट्र्म्पले ३ ल्याटिन अमेरिकी देश ग्वाटेमाला, एलसाल्भाडोर र हान्डुरसलाई पनि अमेरिका तर्फबाट उपलब्ध गराइरहेका सम्पुर्ण सहयोग रोक्ने धम्की दिएका छन् । उनीहरुले अमेरिकामा जाने अवैध आप्रवासीलाई रोक्नका लागि कुनै प्रयास नगरेको ट्र्म्पको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्