प्रहरी नै रकमी



प्रहरी भन्ने शब्द सुनेपछि सबैले सुरक्षाको महसुस गर्नुपर्ने हो। संसारमा नै प्रहरीले शान्ति सुरक्षाको जिम्मा लिँदै जनताको जिउधनको सुरक्षा गर्दै आएको धरहराले लामो समयदेखि सुनेकै छ र हो पनि। नेपालमा पनि प्रहरी जनताको एउटा अभिन्न अंग नै बनेको छ। तर सुरक्षा दिनुपर्ने प्रहरी नै रकमी भएपछि जनतामा त्रास फैलँदो अवस्था देखेर धरहरा तीनछक परेको छ। कुरा हो कलंकी चोकतिरको।

अहिले त्यहाँ नयाँ प्रहरीका एक हाकिम सरुवा भएर गएपछि उनले शुरू गरेको उठौती पुठौतीले त्यहाँका साना व्यवसायी हत्तुहैरान भएको दृश्यले धरहरालाई काउकुती लागेको छ।

ती हाकिम जसले नजरना चढाउँछ उसलाई माया गर्ने, जसले नजरना चढाउँदैन उसलाई हैरानी पार्ने उनको काइदा देखेर धरहरा तीनछक परेको छ। सिपाही हवल्दार पनि नयाँ साप आउनुभएको छ उहाँलाई सेटिङ नगरी कहाँ हुन्छ भन्दै गरेको दृश्य हेर्न लायकको थियो। प्रहरी प्रमुख संगठनको धमिरा हटाउने घोषणालाई ती हाकिमले धोती लगाइदिएको देखेर धरहरा के भनम के भनम भन्नेमा पुगेको छ है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्