बजारमूल्य सुहाउँदो पाएपछि पाल्पाली सुन्तला किसान हर्षित



एउटै वडाबाट एक करोड रुपैया भन्दा बढी आम्दानी

कविराज नेपाल, पाल्पा ।
गत वर्ष जिल्लाको पकेट क्षेत्र अन्र्तगत पर्ने जिल्लाको पश्चिम भेगका पालुङ्गमैनादी, छहरा, मुझुुङ्ग लगायतका ठाउहरुमा कम सुन्तला फलेर चिन्तित किसानहरु यसवर्ष सुन्तला उत्पादनमा वृद्धिका साथै वजारमूल्य पनि सुहाउदो पाएपछि दङ्ग परेका छन । गत बर्ष सुन्तला पकेट क्षेत्र घोषणा गरिएका अमलाबास, पालुङ्गमैनादी, मुझुङ्ग भुवनपोखरी, सोमादी, जल्पा लगायतका स्थानमा प्रतिकूल मौसमका कारण आधा कमी सुन्तला फलेपछि किसानहरुको आम्दानीमा कमी हुदा कृषक चिन्तित थिए ।

सम्वन्धित कृषकका अनुसार सुन्तला फल लाग्ने बेला असिना परेकाले लागेका फल झर्ने , बोटका हागाँ नै पहेलो हुने, विचविचका हागाँहरु सुक्ने विभिन्न किसिमका किराहरु लागेर फलेको फल झरेका कारण उत्पादनमा कमि आएको थियो भने यसवर्ष मौसम अनुकूल भइदिदा कृषकहरुमा खुशी छाएको कृषक टिकाराम पोखरेलले बताए ।

त्यसैकारण पनि जिल्लाका पश्चिमी क्षेत्रका गाउँका कृषकहरुका लागि यो वर्ष सुन्तला खेती आम्दानीको मुख्य स्रोत बन्न पुगेको सम्वन्धित कृषकको भनाइ छ ।

भौगोलिक बनोट र हावापानी मिलेको छहरा मुझुङ्ग, मैनादी, भैरस्थान जस्ता गाउँका कृषकहरुको सुन्तला खेती आम्दानीको मुख्य श्रोत बनेको हो ।

शहर देखि ग्रामिण बस्तीसंग सडक सञ्जालले जोडिए पछि कृषकहरु व्यवसायीक रुपमा सुन्तला खेती तर्फ आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्र कार्यालयले केही वर्ष पहिले नै जिल्लाको पश्चिमी क्षेत्रका गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरि अनुदान उपलब्ध गराउदै आएको र यसबाट कृषकहरु थप उत्साहित भएको कार्यालयले जनाएको छ ।

पश्चिमी क्षेत्रका उत्पादित सुन्तला बुटवल, पोखरा सम्मका बजारमा विक्री गरी कृषकहरुले मनज्ञ आम्दानी लिन सफल भएका हुन् । जिल्लाको तथ्याङ्क अनुसार ३ हजार र।ोपनी क्षेत्रफल भन्दा बढी रोपनीमा सुन्तला मौसम जुनारको व्यवसायीक रुपमा खेती गरीएको छ ।

कृषि ज्ञान केन्द्र ले अघिल्लो वर्ष २ हजार ५ सय म्याट्रिक टन उत्पादन भएकोमा यस वर्ष ५ हजार म्याट्रिकटन भन्दा बढी उत्पादन हुने अनुमान गरेको छ । सुन्तला र सुन्तलाका जात फलफूल खेतीको व्यवसायीक खेतीबाट आम्दानी लिन लागेपछि कृषकहरुको जिवनस्तरमा समेत सुधार आएको कृषकहरु बताउछन् ।

एकपटक को लागानी वर्षैा सम्मको आम्दानी लिन सकिने भएकोले कृषकहरुले वार्षिक १० लाख रुपैयासम्म आम्दानी गर्न सफल भएको कृषकहरु बताउछन् ।

सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सफल भएको र वार्षिक ३ देखि ४ लाख रुपैयाको विक्री गर्ने कृषक मेघनाथ पाण्डेको भनाइ रहेको छ ।

‘पहिले कही थिएन, अहिले गाउँ ढाक्यो गाउँभरी व्यवसायिक सुन्तला खेती गर्ने किसान थपिएका छन् –’अमलाबासका पुराना सुन्तला कृषक तथा कोईराला फलफूल नर्सरीका सञ्चालक यमलाल कोईराला बताउछन ।’

उनका अनुसार एउटै वडा छहरा अमलावासका किसानहरुले विगतका बर्षमा सुन्तला विक्रि गरेर १ करोड रुपैया बढी आम्दानी गर्न सफल भएका थिए । यस वर्ष यो भन्दा धेरै हुने अनुमान कृषकको छ ।

४० बर्षदेखी सुन्तला खेती गर्दै आएको घरपरिवार पाल्ने देखी सम्पुर्ण आम्दानी श्रोत सुन्तला खेती लाई बनाउदै आएको प्रत्येक बर्ष ६ लाख रुपैया भन्दा वढाी को सुन्ताला विक्रि गर्दै आएको उनले वताए ।

रैनादेवी गाउ पालिका मुझुङ्गका कृषक एवम वडाध्यक्ष हुमानसिंह कार्कीले यहाको भूगोल उत्तरतर्फ फर्केको र चिसो भएको हुदा वडाका प्रत्येक घरहरुमा सुन्तलाखेती गर्ने गरेको र यातायातको सुविधाले गर्दा बजारको समस्या नभएकाले कृषकहरु उत्साहित हुदै गएको वताए ।

उनले यहाका केही किसानले त मकै फल्ने वारीमा समेत कृषकले सुन्तलाजातका विरुवा लगाएको र छिटै आम्दानी हुने भएकाले कसैकसैले पेन्सनका रुपमा समेत लिने गरेको जानकारी दिए ।

कृषि ज्ञानकेन्द्र पाल्पाका अनुसार कृषकलाई सुन्तला खेतीमा आर्कर्षित गर्नका लागि विरुवा, प्राविधिक सहयोग तालिम लगायतका कुरामा कार्यालयले सहयोग गर्दै आएको छ जसका कारण पकेट क्षेत्र घोषणा गरिएका ठाउका अतिरिक्त जिल्लाको वराङ्गदी, मदनपोखरा, जल्पा, देउराली, कुसुमखोला,भैरवस्थान,पोखराथोक लगायतका स्थानमा पनि कृषकहरुले पछिल्लो समयमा सुन्तला र अमिलो जातका फलफूल खेति गर्न आर्कर्षित भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्