दोहोरो प्राध्यापनको गिरोहः को–को प्राध्यापक कहाँ–कहाँ शिक्षण गर्नुहुन्छ ?



मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको नियुक्ति प्रक्रिया खारेज भए संगै अर्को विवाद चुलिएको छ । विश्वविद्यालयमा स्थायी जागीर तथा प्राध्यापक भएका तर विश्वविद्यालय बाहिर पनि निजी विद्यालय सञ्चालन, सेयर लगानी र शिक्षण गर्ने प्राध्यापकहरुलाई नियममा ल्याइनुपर्ने बाध्यता देखिएको छ । प्रिन्सिपल डा. भ्ुपेन्द्र बिष्टको प्रमुख अडानका रुपमा रहेको दोहोरो प्राध्यापनलाई अन्य गरिनु पर्ने सुझाव अनुसार उक्त बाध्यता देखिएको हो ।

विश्वविद्यालयमा स्थायी शिक्षक तथा कर्मचारीले विश्वविद्यालय भन्दा बाहिर अनुमति बिना पढाउन तथा सेयर लगानि गर्न पाउदैनन् । अवैध तरिका बाट नियुक्त गरिएका २८ जना शिक्षक तथा कर्मचारी खारेज गरेको घोषणा संगै प्रिन्सिपल बिष्टको प्रमुख अडानका रुपमा रहेको थियो, दोहोरो प्राध्यापनको अन्त्य । पहिले भएका विभिन्न गतिबिधिहरुलाई भुल्दै नयाँ ढङ्गले, नयाँ कार्यविधि बनाएर अगाडि बढ्नु पर्ने बिष्टले बताए संगै दोहोरो प्राध्यापनको कुरा मुल मुद्धा बनेको छ ।

आफुले पनि पहिलेका गतिविधिहरुलाई भुलेर नयाँ व्यवस्था र कार्यबिधिका साथ अघि बढ्नु पर्ने प्रिन्सिपल बिष्टको मान्यता छ । वुधवार देखि अवैधानिक भनिएका नियुक्तिको खारेजी पश्चात विश्वविद्यालमा नयाँ बिषयले चर्चा पाएको छ । को–को प्राध्यापकहरु कहाँ–कहाँ शिक्षण गर्नुहुन्छ ? के–के पदमा हुनुहुन्छ ? कुन–कुन संस्थाहरुमा सेयर लगानी गरेका छन् ? सबै चर्चाका बिषय बनेका छन् ।
सुदूर पवश्चिमाञ्चल विश्वविद्यालयमा दोहोरो प्राध्यपनमा रहेका सम्पुर्ण प्राध्यापकहरुको नामावली नेपाल समाचारपत्रले खोजी गरेको छ ।

विज्ञान संकाय
–गोविन्द ढुंगानाः विभाग प्रमुख
–श्याम सिंह मौनीः लिटिल बुद्ध एकेडेमी (प्रिन्सिपल)
–धनराज बिष्ट: एस पब्लिक एकेडेमी (सेयर) रेडियन्ट उमावि(शिक्षक)
–तिर्थराज पनेरु: मोर्निङ ग्लोरी(शिक्षक)
–राजेन्द्र पन्त: मोर्निङ ग्लोरी(शिक्षक)
–मदन सिंह बोहरा: मोर्निङ ग्लोरी(शिक्षक)
–दिपक सिंह थापा: रेडियन्ट उमावि(शिक्षक)
–महेन्द्र बहादुर चन्द: लिटिल बुद्ध एकेडेमी(शिक्षक)
–शैलेन्द्र चन्द: रेडियन्ट उमावि(शिक्षक)
–रणबहादुर बिष्ट: लिटिल बुद्ध एकेडेमी(शिक्षक)
–यज्ञराज जोशी: रेडियन्ट उमावि(शिक्षक)
–डा. भवानी चन्द ठकुरी: रेडियन्ट उमावि
–कृष्ण प्रसाद पन्त: बाहिर पढाउदैनन् ।
–विर रोकाया: मोर्निङ ग्लोरी र रेडियन्ट(शिक्षक)

प्रविधि संकाय
–कर्णदेव भट्ट: रेडियन्ट उमावि र जनज्योती(शिक्षक)
–चक्रबहादुर बिष्ट: लिटिल बुद्ध र जनज्योती(शिक्षक)
–किसन दत्त भट्ट, पुर्णानन्द पनेरु, दिपेन्द्र कुमार ऐर, कृष्णदेव भट्ट, रमेश प्रसाद भट्ट र इन्द्रदेव मिश्र: सुप विश्वविद्यालय बाहिर पढाउदैनन् ।

मानविकी तथा समाजशास्त्र संकाय
–दिपक जोशी: विभाग प्रमुख तर लिटिल बुद्ध एकेडेमीमा(शिक्षक)
–सुरेस सिंह भण्डारी: श्री न्यु सरस्वती विद्यालय(सेयर/शिक्षक)
–खगेन्द्र जोशी: मोर्निङ ग्लोरी/जनज्योती(शिक्षक)
–पुष्पराज जोशी: कञ्चन विद्या मन्दिर(शिक्षक)
–शंकर पुजारा: लिटिल बुद्ध(शिक्षक)

–(यज्ञराज भट्ट, मुकुन्द बल्लभ कलौनी, भाष्करदत्त जोशी(परिक्षा नियन्त्रक), खेमराज जोशी, चन्दन सिंह बोहरा, देव सिंह नाथ, कामदेव चटौत, गोविन्द बिष्ट, हरिस चन्द्र भट्ट, राजेन्द्र प्रसाद भट्ट(बिदामां), अनुराधा रोकाया, रमेश प्रसाद जोशी, दुर्गा दत्त अवस्थी, हरिसंकर भट्ट(बिरामी बिदामा), महेशचन्द्र फुलेरा, डम्बर सिंह बोहरा, प्रेमसिंह भाट(सह परिक्षा नियन्त्रक),बिरबहादुर सिंह ठकुरी, निर्मला बम, रामकुमार चटौत(पिएचडी बिदामा), पृतबहादुर बिष्ट(पिएचडी बिदामा), टेकेन्द्र प्रसाद भट्ट(पिएचडी बिदामा), दिपकचन्द्र भट्ट(पिएचडी बिदामा) र भुपराज जोशी(पिएचडी बिदामा): विश्वविद्यालय बाहिर पढाउदैनन् ।)

व्यवस्थापन संकाय
–प्रेमबहाद्ुर खाती(विभागिय प्रमुख): लिटिल बुद्ध(सेयर/शिक्षक)
–उत्तम बहादुर थापा: लिटिल बुद्ध(शिक्षक/सेयर)
–टिकाराम खरेल: युनाइटेड(शिक्षक/सेयर)
–रमेशप्रसाद साउँद: जनज्योती र लिटिल बुद्ध(शिक्षक)
–बिरेन्द्र प्रसाद भट्ट: अमिटी, लिटिल बुद्ध र रेडियन्ट(शिक्षक)
–केशब बहादुर थापा: मर्निङ ग्लोरी(सेयर/शिक्षक)
–यज्ञराज पाठकः युनाइटेड(सेयर)
–दिपेन्द्र बहादुर चन्द: मर्निङ ग्लोरी(सेयर/शिक्षक)
– पदमराज भट्ट: युनाइटेड(सेयर/शिक्षक)
– हरिप्रसाद अवस्थी: लिटिल बुद्ध(सेयर/शिक्षक)
– उमेश चन्द: अमिटी(सेयर/शिक्षक)
–(हरिशंकर पन्त, शंकरदत्त भट्ट, गोबिन्द बल्लभ भट्ट, दिपक प्रसाद जोशी, मनिष ओझा, हेमा जोशी र इन्दु पाठक: विश्वविद्यालय बाहिर पढाउदैनन् ।)

शिक्षा संकाय
–भुवनेश्वरी बडू(विभाग प्रमुख)
–राजेन्द्र प्रसाद जोशी: सेयरधनि
–गम्भीर चन्द: युनाइटेड, अक्सफोर्ड र ब्रिक्सटन(शिक्षक)
–त्रिलोक दत्त तिवारी: मर्निङ ग्लोरी(शिक्षक)
–पृथ्वी भट्ट: जनज्योती र मर्निङ ग्लोरी(शिक्षक)
–हर्षबहादुर चन्द –सेयरधनि

–(शिलनिधि चन्द, कुम्भबहादुर चन्द, अर्जुन सिंह नेगी, उद्धवदेव भट्ट, देवसिंह बोहरा, देवकी बोहरा, टिकेन्द्र प्रसाद भट्ट, हरिस सिंह सामन्त, हरेन्द्रराज पाण्डेय, मदन सिंह देउपा, भागरथी ऐर, किसोर बोहरा, निर्मला धामी, प्रकासचन्द्र बडू र हरिना भट्ट: विश्वविद्यालय भन्दा बाहिर पढाउदैनन् ।)

(माथी उल्लेखित तथ्याङ्क नेपाल समाचारपत्रलाई विश्वविलयको बिशेष स्रोतबाट प्राप्त भएको हो ।)
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा रहेका ९० प्रतिशत प्राध्यापकहरुले अनुमति बेगर विश्वविद्यालय बाहिर शिक्षण गर्ने गरेका छन् । सेयर लगानी गर्नेहरु १० प्रतिशत रहेको स्रोतले बताएको छ । विभाग प्रमुखहरु बाहेक लगभग अन्य सबैले बाहिर शिक्षण, सेयर लगानी र निजी विद्यालयहरु सञ्चालन गरेर बस्ने गरेका छन् ।

विश्वविद्यालय भित्र क–कसका कति नातागोता रहेका छन भन्ने कुराले पनि प्राथमिकता पाएको छ । नातागोता संगै अर्को प्रमुख समस्याका रुपमा देखिएको छ, अध्ययन बिदामा बसेर महेन्द्रनगर भित्रै निजी विद्यालय तथा संघ सस्था चलाउने समस्या ।

विहिबार पत्रकार संगको भेटघाटमा अखिल क्रान्तिकारी माओवादी केन्दीय समिती सुप विश्वविद्यालयका अध्यक्ष गणेश मिश्रले भने स्थापना कालदेखि हालसम्म रहेका सम्पूर्ण करारहरु खारेजी हुनुपर्ने, प्रिन्सिपल डा.भुपेद्र विष्टलाई कारबाहि र पदवाट बरखास्त गरिनुपर्ने र सुप विश्वविद्यालयमा दोहोरो प्राध्यापनको अन्त्य हुनुपर्छ बताएका छन् ।

पुस १ गते देखि निरन्तर रिले अनसनमा रहेको इन्टिग्रिटी फोरमले बिहिवार प्रिन्सिपल डा( बिष्ट संको सहमति पछि अनशन तोडेको इन्टिग्रिटी फोरमका अध्यक्ष चन्द्रदेव बडुले बताए ।

प्रतिक्रिया दिनुहोस्