ट्राफिक व्यवस्थापनमा हाछेथुलाई सघाऊ



नेपाल प्रहरीका रियल हिरोको उपमा पाएका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले बाँकी जीवन ट्राफिक व्यवस्थापनमा बिताउने घोषणा गर्नुभएको समाचार नेपाल समाचारपत्रले गत पुस ११ गतेको अंकमा प्रकाशित गरेको पाएँ। नेपाल प्रहरीभित्र कामभन्दा पनि प्रचार गरेर चर्चामा आउनेहरूको अगाडि हाछेथुले काम नै गरेर आफूलाई रियल हिरोको उपमा पाउन सफल भएका थिए।

अन्य प्रहरी अधिकारी अवकाशपछि गुमनाम जिन्दगी बिताइरहेको बेला पूर्वप्रहरी निरीक्षक हाछेथुले बाँकी जीवन राजधानीको ट्राफिक व्यवस्थापनमा बिताउने घोषणा गर्नुले यसबाट अन्य अवकाशप्राप्त प्रहरी अधिकृतले सिक्नुपर्ने भएको छ। कारवाहीले मात्र ट्राफिक व्यवस्थापन सहज नहुने भएपछि यसलाई व्यवस्थापन गर्न जनचेचना नै प्रमुख कारण रहेको बताउने हाछेथुको योजनालाई सरकारले तत्कालै कार्यान्वयनमा ल्याउन उहाँलाई सहयोग गर्नुपर्दछ।
– प्रेम आले, गुण्डु, भक्तपुर।

 

प्रतिक्रिया दिनुहोस्