धर्मलाई विवादित बनाउनु कलह निम्त्याउनु हो



नेपाल धर्म निरपेक्ष राष्ट्र हो। यसमा कुनै द्विविधा छैन। नेपालमा हिन्दू धर्म मान्नेको संख्या दुई तिहाइभन्दा बढी हुँदा पनि सरकारले भने मुलुकलाई धर्मनिरपेक्ष मुलुकको रूपमा घोषणा गरेको छ। सबै धर्मका आ–आफ्नै विषेशता रहेका छन्। अहिले क्रिश्चियन धर्मावलम्बीहरूले आफूहरूको महान् पर्व क्रिसमस धूमधामले मनाइरहेका छन्। तर नेपालमा भने क्रिसमस पर्वलाई लिएर विभिन्न टिकाटिप्पणी भएको पाइन्छ।

सबैलाई आफ्नो धर्म प्यारो हुन्छ नै। क्रिश्चियनहरूले नेपालमा यो पर्व मनाइरहँदा अन्य धर्मावलम्बीहरूले होच्याउने, क्रिसमसको खिल्ली उडाउनेजस्ता क्रियाकलाप हुनु राम्रो होइन। हिन्दूलाई आफ्नो पर्वमा गर्व भएजस्तै मुस्लिमलाई आफ्नो धर्ममा गर्व छ भने क्रिश्चियनलाई आफ्नो धर्ममा गर्व हुनु पनि स्वाभाविक हो। नजाने गाउँको बाटो नसोध्नु भनेजस्तै क्रिसमसमा कुनै साइनो नभएका व्यक्तिले किन टिकाटिप्पणी गर्नु रु यो नगर्नु नै बेस हुन्छ। धर्मका नाममा हुने यस्ता टिकाटिप्पणीले मुलुकमा अर्को कलह निम्त्याउन सक्छ। यसतर्फ सबै सजग हुनुपर्दछ। आफूलाई कसैको धर्म मन परेन भन्दैमा उसको बारेमा टिकाटिप्पणी गर्नु मुर्खताबाहेक केही होइन।
– प्रनिशा अधिकारी, नुवाकोट।

 

प्रतिक्रिया दिनुहोस्