कोटेश्वरको सवारी जाममा सरकार बेखबर



राजधानी काठमाडौंको पूर्वी मुख्य चोक कोटेश्वरमा सधैंजस्तो जाम हुने गरेको छ। पूर्वमा भक्तपुरको कौशलटार र पश्चिममा काठमाडौंको तीनकुनेसम्म सवारी जाम हुने गर्छ। यसले गर्दा समयमै गन्तव्यमा पुग्ने आशा मरिसक्यो। एम्बुलेन्स पनि यस स्थानमा धेरैबेर जाममा पर्दा यसैका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेको छ।

यो समस्या सधैंका लागि निराकरण गर्न यस स्ठानमा सुरुङ मार्गको कुरा पनि उठेको थियो। सुरुङ मार्ग तयार गर्न समय बढी लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक उपया खोज्नै पर्ने भएको छ। अस्थायी रूपमा त्रिभुवन विमानस्थलको केही जग्गा लिएर भए पनि समस्या सुल्झाउनु जरुरी छ। कोटेश्वरबाट भक्तपुर जाने यात्रुवाहक सवारीसाधनलाई यात्रु कुरेर बस्न नदिने हो भने पनि केही हदसम्म समस्या समाधान हुन्छ।

ट्राफिक प्रहरी त्यहीँ हेरिरहेको हुन्छ, सहचालक बसको टायरमा चढेर भित्रका यात्रुलाई इँटा मिलाएजस्तो गरी बसको प्यासेजमा तीन लाइन उभ्याउँछ। बसको टायरमा चढेर यात्रुलाई सास्ती दिने सहचालकलाई ट्राफिकले ‘अन द स्पट’ कारबाही गर्न किन सक्दैन। यो कोटेश्वरको मात्र समस्या नभएर अन्यत्रको पनि हो। गाडी रोकेर मान्छे खाँदिरहने गाडीको स्टाफलाई कारबाही गरेमा यात्रुले ताली बजाउनेछन्। उता जाम पनि केही हदसम्म कम हुन्छ।
– हिमाल ठकुरी, जडीबुटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्