झुन्डलाई राइँदाइँ



४ दिनका लागि तय भएको कांग्रेस महासमिति बैठकको साङ्गे बल्लतल्ल १० दिनमा सकिएको छ। महाधिवेशन भएको वर्षबाहेक प्रत्येक वर्ष हुनुपर्ने बैठक यो वा त्यो बहानामा टर्दै आए पनि यो साल टर्न पाएन। हरेक वर्षको अन्तरमा हुनुपर्ने यस्तो जमघट ढिलै भए पनि भएकामा वर्तमान कार्यसमितिले महŒवपूर्ण उपलब्धि मान्या छ क्यार।

महासमितिले अजिबकै काम ग¥या छ। विगतमा ‘तथास्तु’ नेता र पदाधिकारीको बाहुल्य रहँदै आएकामा अबचाहिँ नेता निर्वाचित हुने रे। अचम्मै भएको छ, कांग्रेसले यस्तो निर्णय गर्दा। विगतमा २÷४ वटा गुट, केही उपगुट र केही सहायक गुट रहेको सो पार्टीमा अब गुटको संख्या र झुन्ड ≈वात्तै बढ्ने निधो छ। विगतको तथास्तु प्रणाली खारेज भएसी कांग्रेस बल्ल लोकतान्त्रिक बन्ने लक्षण देख्या छ। अरुबेला त्यस्तै हो, अब महाधिवेशनको बेलामा चाहिँ कांग्रेस नेताले आफ्ना कार्यकर्ता चिन्ने भए। आफ्नो नजिकको गुट कुन रैछ र गुटका कतिवटा झुन्ड छन् भनेर नेताले चासो लिनैपर्ने भयो। त्यति पनि गरेनन् भने को केन्द्रको नेता, को प्रदेश अनि जिल्ला र स्थानीय नेता छुट्याउनै गाह्रो हुने भयो।

कुरो यति मात्रै होइन, नेताले गुट र तिनका अनेकांै झुन्डलाई रामै्र दानापानीले खुसी नपारेसम्म वर्षौंसम्म साढेसाती लाग्ने कन्फर्म छ। यही मौकामा तल्लो तहका टपर टुइँया दहीचिउरे नेताले पनि राम्रै दानापानी बटुल्ने निधो छ।

प्रतिक्रिया दिनुहोस्