तेल भिषा



‘आमा अमेरिका जानुभयो, २÷४ महिना उतै रहनुहुन्छ।’ ‘मेरा पनि बाआमा उतै हुनुहुन्छ, केही दिनमा आएर फेरि उतै जाने कुरा छ।’ कुरो अमेरिकाको मात्रै होइन, अस्टे«लिया, क्यानडा, जापान, कोरियामा पनि बा÷आमा ओहोर÷दोहोर गरेका खबर निकै बाक्लै सुनिन्छ टोल बस्तीमा।

अमेरिका र नाम चलेका मुलुक जान पाउँदा बा÷आमा पनि निकै दङ्ग देखिन्छन् भन्या। भिसा लागेसी फुस्रा अनुहारको चमकदमक बेग्लै हुन्छ, उताबाट फर्केकाहरुको त झन् कुरै नगरम्, उनीहरुको हाउभाउ देख्दा लाग्छ उसले अर्कै ग्रहको भिसा प्राप्त गरिसक्यो।

अरू त त्यस्तै हो, ‘तेल भिसा’ मा विदेश जानेहरुको चुरीफुरी अचाक्ली नै हुन्छ। तेल भिसाको स्वभावै त्यस्तो भएसी अचाक्ली नहुने कुरै भएन। कूटनीतिक भिसा, विजनेस भिसा, स्टुडेन्ट भिसा, टुरिस्ट भिसा त सुनेकै हो तर के हो तेल भिसा रु यो प्रश्न आमपाठकवृन्दको हो।

छोरी÷बुहारी सुत्केरी हुने दिन नजिकै गर्दा उताबाट आउने विशेष निम्तोसँग जोडिएको भिसा प्रकृयालाई धरहराले ‘तेल भिसा’ भन्ने ग¥या छ। नाती÷नातिना जन्मिने भएसी ‘साह्रै माया र प्यार’ का साथ छोरी÷ज्वाइँ अनि छोरा÷बुहारीले अभिभावकलाई गर्ने विशेष निम्तो नै तेल भिसा हो। सहज परिस्थितिमा छोरी÷ज्वाइँ र छोरा÷बुहारीले बा÷आमालाई उता बोलाउनै नहुने अजिवको शक्ति छ तेल भिसामा।

प्रतिक्रिया दिनुहोस्