मानसिक स्वास्थ्यमा ध्यान दिन क्यान्सरका बिरामीलाई सुझाव



काठमाडांै, (नेस)
क्यान्सरका बिरामीलाई मध्यनजर गर्दै धैर्य क्यान्सर फाउन्डेसनले चक्रपथमा ‘पियर सर्पोट प्रोग्राम फर क्यान्सर’ कार्यक्रमको आयोजना गरेको छ।
फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा क्यान्सरका बिरामी तथा आफन्त सहभागी भए। त्रिवि शिक्षण अस्पतालका डा। विनिता ढुंगेल र डा। जिज्ञासा पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सहभागीले क्यान्सर रोगका बारेमा प्रश्न गरी आफूले गरिरहेको उपचार प्रक्रिया जानकारी लिएका थिए।

डाक्टरले रोग लागिसकेपछि रोगले भन्दा पनि भावनात्मक असरले धेरै रोगी बनाउने बताउँदै तनाव कम गर्न सुझाव दिए। उनीहरूले त्यसका लागि व्यायाम गर्न सुझाव दिए।
स्वीटजरल्यान्डको ज्युरिच हस्पिटलको भ्रमणका क्रममा क्यान्सरका बिरामीलाई मेन्टल हेल्थमा ध्यान दिने बताउनुहुँदै फाउन्डेसनकी अध्यक्ष टेरिसा तामाङले नेपालका क्यान्सरका बिरामीको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

२०१७ मै म्याजी क्यान्सर सेन्टर, मेम्लिान क्यान्सर सेन्टर यूकेलगायतका नेपालकै अस्पतालसमेत भ्रमण तथा अनुसन्धान गरिसक्नुभएकी उहाँले भन्नुभयो– ‘हामी प्रायः क्यान्सर रोगीहरूको शारीरिक अवस्थामा मात्र ध्यान केन्द्रित गर्दछौं, तर नेपालजस्तो विकासशील राष्ट्रमा क्यान्सर रोगीहरूका लागि मानसिक स्वास्थ्य सेवाको कमी छ।’
फाउन्डेसनले कार्यक्रममा सहभागीलाई यातायात खर्चसमेत दिएको थियो। फाउन्डेसनले यसअघि पनि क्यान्सरका विषयमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्