सडक सुरक्षा सुनिश्चित गर



‘दुर्घटना’ यस्तो शब्द कसैले कहींकतै उच्चारण ग¥यो भने प्रिय लाग्दैन । यो शब्दले धेरैको आङ सिरिङ्ग बनाउँछ । कहाँ, को दुर्घटनामा प¥यो, कस्तो क्षति भयो जस्ता प्रश्न स्वभाविकरूपमा उठ्छन् । चिर÷परिचित र नजिकका आफन्त मात्रै होइन, कहिल्यै नचिनेको नजानेको व्यक्तिको प्रसंग दुर्घटनासँग जोडियो भने पनि धेरैले स्वभाविकरूपमा सान्त्वना प्रकट गर्छन् । यस्तै भएको छ शुक्रबार अपरा≈न दाङमा भएको विद्यार्थी सवार बस दुर्घटनाको खबरले ।

दाङ र सल्यानको सीमावर्ती क्षेत्र राम्रीमा भएको बस दुर्घटनामा शनिबार अपरा≈नसम्ममा १९ पुरुष र ४ महिलासहित २३ जनाले ज्यान गुमाएका छन् । बा४ख ९७६६ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश विद्यार्थी छन् । दाङको घोराही–१७ गैरागाउँस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन विज्ञान समूहका विद्यार्थी अध्ययन भ्रमणमा गएर जिल्ला फर्कदा सो दुःखत घटना भएको हो । निधन हुनेमा धेरै विद्यार्थी, शिक्षालयका दुई शिक्षक र बसका चालक र सहचालक छन् ।
२२ जनाको घटनास्थलमै र १ जनाको नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो । सो घटनामा जुम्लाका ११ जना, दाङका ६, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका १÷१ जनाले ज्यान गुमाएका छन् । यो खबरले ज्यान गुमाएका र घाइतेका परिवार र आफन्तलाई मात्रै दुखित बनाएको छैन, खबर सुन्ने जो कोहीले सान्त्वना व्यक्त गरेका छन् । दर्दनाक, अकल्पनीय भयानक दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, मन्त्री र विभिन्न दलका नेताले श्रदाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

विशिष्ट व्यक्तिहरूले व्यक्त गर्ने दुःख र स्नेहका शब्दले मृतक र पीडित परिवारलाई धेरथोर मलमपट्टी लाग्छ नै तर दुर्घटना न्यूनीकरण भने हुँदैन । यात्रु चढेका सवारी हरेक दिनजसो दुर्घटनामा परेका खबर सार्वजनिक भइरहेका छन् । मानवीय क्षति बढी भएका घटना चर्चामा रहन्छन् । स–साना दुर्घटनाका खबर त त्यसै ओझेलमा पर्छन् । सार्वजनिक सवारी दुर्घटना न्यूनीकरण गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न राज्यले खासै चासो लिएको देखिँदैन । हवाईजहाज र हेलिकोप्टर दुर्घटनामा मानवीय क्षति नभए पनि राज्यले लिने चासो र स्थल दुर्घटनामा ठूलै जनधनको क्षति हुँदा गरिने सरकारी व्यवहार आकाश पाताल फरक हुन्छ ।

यस्तो फरक व्यवहार किन र कहिलेसम्म यस्ता प्रश्न आम सर्वसाधारणले नउठाएका होइनन् तर सरकार आम चासोबारे बेखबर देखिनु पक्कै पनि सुहाउने काम होइन । त्यसैले हवाई सेवा र सुरक्षा सुनिश्चित गर्ने मात्रै होइन, स्थलमार्गको यात्रा सुरक्षित र भरपर्दो गराउनु पनि सरकारको दायित्व हो । एउटा दुर्घटनाको खबर सेलाउँदै गर्दा सडक सुरक्षा बिर्सिने र अर्को दुर्घटनाको खबरले सरकार झस्किने कहिलेसम्म ?

प्रतिक्रिया दिनुहोस्