चित्रकार निरौला गीतकार बनेपछि….



तीर्थ निरौला पेशाले चित्रकार हुन्। चित्रकलामा स्थापित र प्रतिष्ठित नाउँ हुन् उनी। त्यसो त उनी लेखक र समालोचक पनि हुन्।
उनी ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल सुविधानगरलगायत राजधानीका आधा दर्जन विद्यालयका विद्यार्थीलाई चित्रकला सिकाउँछन्। क्यान्भासमा रमाउने तीर्थ केही महिनाअघि एक्कासि गीतकार बने। विगतमा यसो फुर्सदमा कविता कोर्दै आएका तीर्थ केही महिनाअघि मात्रै आफू संलग्न विद्यालय ट्रिटन स्कुलका समकक्षी शिक्षक तथा कवि ओमनाथ कडरियाको हौसलामा गीतकार बने। जब उनले लेखेको पहिलो गीत मैले चाहेँे तिमीलाई मनले चाह्यो साथ धरानको विद्यालयमा पढ्दादेखिको गायीका साथी अनुका राई र अर्का गायक टीका मगरको स्वरमा रेकर्ड गरे। उनी गीतकारका रूपमा दर्ता भए। त्यो गीतमाथि म्युजिक भिडियो बनाएपछि त चित्रकार तीर्थ गीतकारमा पनि जम्ने संभावना उत्तिनै बढेको छ भन्दै साथीहरूले उनलाई हौस्याइरहेका छन्।

सानैदेखि गायनकी शौखिन अनुका पेशाले सरकारी कर्मचारी हुन्। उत्सर्ग जनसांस्कृतिक मञ्च धरानबाट गायन यात्रा शुरू गरेकी अनुका आफ्नो रुचिका कारण गायनलाई निरन्तरता दिइराखेको बताउँछिन्। तीर्थकोे गीत लेखन यात्रा पहिलो भए पनि गायिका अनुकाको भने यो गीत पहिलो गायन होइन। यसअघि उनले मन प¥यो मायालु, हल्ला नगर, इलाम शहर, कसरी हो बिर्सने, तिम्रो न्यानो साथ, दशैं आयो, तिहार आयोलगायत शीर्षकका गीत गाएर गायन क्षेत्रमा जमिसकेकी छिन्। यी गीतहरूको म्युजिक भिडियो पनि बनिसकेको छ। यसका साथै अनुकाका अरू ५ वटा आधुनिक र लोकगीतसहितको म्युजिक भिडियो बजारमा आउने क्रममा छ।

तीर्थको रचना, मोहन मगरको संगीत र रोशन वान्तवा राईको एरेन्जमा सजिएको म्युजिक भिडियो एमआर क्रियसनले तयार गरेको हो। म्युजिक भिडियोको निर्देशन विजय सूब्बाले गरेका छन् भने रोहित बस्नेत र एल्जिना मगरले मोडेलिङ गरेका छन्। शुक्रबारदेखि तीर्थको पहिलो गीत मैले चाहँे तिमीलाई युट्युब च्यानलमा पनि आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्