विज्ञप्ति कि विकृति ?



‘दुर्घटना’ यो शब्द धेरैलाई प्रिय लाग्दैन। कसैले कतै उच्चारण ग¥यो भने पनि आङ सिरिङ्ग हुन्छ। चाहे घटनासँग जोडिएका व्यक्तिका नजिकका आफन्त हुन्् या गोरु बेचेको साइनो सम्बन्ध भएका नै किन नहून्।

दाङमा भएको सवारी दुर्घटनाले अहिले धेरैलाई झस्काएको छ, अनि खबर सुन्ने जो कोहीले भने– ‘हरे दैव, कस्तो दुःखद्, यस्तो त शत्रूलाई पनि नहोस्।’ प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्री, सांसद सो दाङ र आसपासका स्थापित नेता मात्रै होइन, ‘उम्रिँदैका तीन पात’ नेता पनि विज्ञप्तिमार्फत दुःख व्यक्त गर्न एक से एक देखिए।
विज्ञप्तिमार्फत दुःख व्यक्त गर्ने शैली हालसालको होइन, वर्षौं पुरानो र खान्दानीझैं लाग्छ भन्या। ऊ बेला बाउ मन्त्री र नेता हुँदाको चलन अहिले नातीको पालामा झनै मौलाएको छ। एउटा विज्ञप्ति जारी ग¥यो अनि घटना बिर्सियो, यति भए कर्तव्य पूरा भइहाल्छ। दुर्घटनाको विस्तृत खबर आइसक्या हुँदैन, विज्ञप्ति जारी गर्न हतार हुन्छ।
दुर्घटना न्यूनीकरण गर्न अहिलेसम्मका कुनै माइकेलाल प्रधानमन्त्री गम्भीर देखिएनन्, मन्त्री र नेताको त झन् के कुरा। हवाईजहाज र हेलिकोप्टर दुघर्टनालाई मात्रै दुर्घटना बुझ्ने अनि हतार हतारमा छानबिन टोली गठन गर्ने परम्परा अन्त्य नभएसम्म सडक सुरक्षा सुनिश्चित होला भन्ने कुरा सपनामा पनि नसोचे हुन्छ।

प्रतिक्रिया दिनुहोस्