ज्ञानेन्द्र र देउवा



राष्ट्रियता, समाजवाद र जनजीविकाको प्रमुख मुद्दा कांग्रेसले उहिल्यैदेखि उठाउँदै आएको मुद्दा हो । यो मुद्दा प्रयोग गरेर कांग्रेसका नेता बीपी कोइरालादेखि शेरबहादुर देउवासम्म प्रधानमन्त्री भइसके तर उसको समाजवाद अहिले चालू महासमिति बैठकमा देखिएको छ ।

महासमिति बैठकमा प्रवेश पाउनुपर्ने मुख्य एजेन्डा अहिले कांग्रेस नेताको कालो छायाँमा मात्र परेको छैन, उसले पार्टीलाई माटोमा नै बिलिन बनाउने हो कि भन्ने चिन्ता कांग्रेसजनलाई मात्र होइन, धरहरालाई पनि परेको छ । एउटा एजेन्डामा त सहमत हुन सकेको छैन भने देश चलाउन अब यिनले के गर्लान् भन्ने चिन्ता धरहरालाई पर्न थालेको छ ।

आफ्नैलाई त मिलाउन नसक्ने देउवाले कसरी देशलाई मिलाउन सक्नु ? राजा ज्ञानेन्द्रले देउवालाई त्यत्तिकै असक्षम भनेका होइन रहेछन् भन्ने फ्ल्यासब्याक धरहरालाई भएको छ । हैन पार्टी सभापति भएपछि सबैलाई रिझाउन सक्नुपर्नेमा आफ्ना कोटरीका ठेउके नेताको कुरा सुनेपछि पार्टीले कसरी जितोस् त चुनाव ?

अब कांग्रेसीजनले नै भन्न थाले, देउवा यो पार्टीमा रहुन्जेल कांगे्रसको हैसियत योभन्दा पनि धुमिल हुनेमा शंका छैन । हुन पनि हो आफ्नो पार्टीलाई मिलाउन नसक्नेले अरुलाई कसरी मिलाउलान् धरहरा चिन्तामा डुबेको छ । तपाईंहरु नि पाठक वृन्द्ध ?

प्रतिक्रिया दिनुहोस्