हनुमानको जातमा विवाद



नयाँदिल्ली, (एजेन्सी)
रामभक्त हनुमानको जातिलाई लिएर भारतमा चलिरहेको विवाद रोकिने छाँटकाँट देखिएको छैन। उत्तर प्रदेशमा भाजाका एमएलसी बुल्लक नवाबले हनुमानलाई मुसलमान बताएका छन्। बुल्लकले रहमान, रमजान, फरमान, जीशान र कुर्बान नामको उल्लेख गर्दै इस्लाममा कयौं नाम हनुमानसँग मिलेको बताएका थिए। उक्त बयानलाई लिएर कयौं प्रतिक्रिया आइरहेका छन्। समाजवादी पार्टीले ब्यंग गर्दै मुख्यमन्त्रीले हनुमानलाई दलित बताएको, एक मन्त्रीले जात र अब बुल्लकले मुसलमान बताइरहेको, सरकार मै एकजुटता नभएको उल्लेख गरेको छ। मुस्लिम संगठनले भने बिनाप्रमाण बुल्लकले त्यसरी बोल्न नहुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्