खप्तड क्षेत्रमा अग्निवेशतन्त्रको रचना



पतञ्जलि–१३ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खल

एकपल्ट गौतमबुद्धले तक्षशिलाको यात्रा गरे। उनका विहारमा बस्ने कतिपय भिक्षुहरू भोजन टन्न गर्ने तर श्रमको काममा अल्छी गर्ने हुदाँ बिरामी हुन थाले। बुद्धले यसबारे यिनै जीवकसँग सल्लाह लिए। जीवकले उनीहरूलाई नियमित हिँड्न लगााउनुपर्दछ, नियमितरूपमा हिँड्ने गर्नाले स्वास्थ्य ठीक रहन्छ, बिरामी भइँदैन भन्ने परामर्श दिए। कौमारभृत्य जीवकको सल्लाह मानेर बुद्धले आफ्ना अनुयायी भिक्षुहरूलाई नित्य हिँड्ने सल्लाह दिए।

केही समय तक्षशिला विश्वविद्यलयमा अध्यापन गरेउप्रान्त पुनर्वसु आत्रेय त्यताबाट आफ्ना चेलाचाटीका साथ पुनः आर्यावत्र्तको आफ्नो पुख्र्यौली प्रदेश खेचर पर्वत परिक्षेत्रमा आए। उनका सन्ततिले पनि आफ्नो कुलविद्या आयुर्वेद नै पढे। चरकशास्त्र र चरक संहिता पढ्ने आत्रेयवंशका ती सन्ततिहरू अब त चरक आत्रेयकै उपाधिले समाजमा चिनिन थाले। पुनर्वसु आत्रेय आफ्ना छोराहरूसँगै बाहिरबाट आएका छात्रहरूलाई पनि सँगै पढाउँथे। तिनका छात्रहरूमध्ये ६ जना अन्तेवासीहरू अत्यन्त प्रखर बुद्धिका निस्के। ती थिए– अग्निवेश, भेल, जतू, पाराशर तथा हारीत। यिनी सबैले आयुर्वेदका आ–आफ्ना छुट्टाछुट्टै ग्रन्थ लेखेका छन्।
अग्निवेश पुनर्वसुका पट्टशिष्य थिए। यिनले आफ्ना गुरुले दिएका आत्रेय संहिताका उपदेशहरूलाई तन्त्ररूपमा निबद्ध गरे। यिनले आफ्नो कृतिलाई अग्निवेशतन्त्र नाउँ दिए। तिनताक शिष्यलाई सौम्य भनिन्थ्यो। उपनिषद् वाक्यमा पनि शिष्यलाई सौम्य भनिएको छ। व्रतबन्ध आदि कर्ममा पनि शिष्यलाई गुरुले सौम्य भन्ने चलन छ। पुनर्वसु पनि अग्निवेशलाई सौम्य भन्दथे।

पछि–पछि खेचरपर्वत खप्तडका वज्र्राङ्ग– बझाङ गुफामा बसेका महर्षि अत्रि र अनसूयाका पुत्र गोत्रकार आत्रेयका सन्ततिहरू बसाइँ सर्दै केही गण्डकीप्रस्रवण भूमि शालग्राम क्षेत्रतिर छरिए। तिनको चरक संहिताध्यायी एउटा शाखा गोनर्दपर्वतको उपत्यकामा हिमरुक् तथा माण्डवी नदीको सङ्गम हाल प्युठान र अर्घाखाँची जिल्लाको दोसाँधमा अवस्थित नागराज ऐरावतद्वारा शासित क्षेत्र ऐरावती (रापती) नदीको सेरोफेरोमा पनि बस्न थाल्यो।
क्रमशः

प्रतिक्रिया दिनुहोस्