सुप विश्वविद्यालयः शिक्षक कर्मचारी भागबण्डा, कस्को भागमा कति ?



मनोज भट्ट, महेन्द्रनगर ।

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रिय क्याम्पस रहेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपलले एकलौटी ढङ्गले शिक्षक तथा कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । प्रिन्सिपल डा। भुपेन्द्र बिष्टले कर्मचारी तथा शिक्षक अवैध तरिकाले आफन्त तथा नातेदारहरुलाई मात्र विश्वविद्यालय भित्र प्रवेश गराउन लागेको भन्दै सर्वत्र बिरोध हुन थालेको छ ।

सुरुवाति चरणमा कार्यादेश अनुसार भन्दै चार जना शिक्षक र १० जना कर्मचारी आफन्त तथा नातागोता मात्रै नियुक्त गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुको आन्दोलनले उग्ररुप लिन थालेपछि प्रिन्सिपल डा. बिष्टले आन्दोलनलाई शान्त पार्न लेटरप्याड र छाप आफ्नो घरमै लिएर धमाधम नियुक्तिपत्र बाड्न थालेका हुन् । चार जना शिक्षकको संख्या बढाएर सात पु¥याए भने १० जना कर्मचारीको संख्या १९ पु¥याएका हुन् ।

आपसी समझदारीमा योग्यतावान व्याक्तिलाई नै शिक्षक तथा कर्मचारीमा नियुक्त गरिएको प्रिन्सिपल बिष्टले स्विकार गरे । नेपालका अन्य सबै विश्वविद्यालयहरुमा चलेको रिती अनुसार नै आफुले आंसिक करारमा नियुक्त गरेको कुरा पनि प्रिन्सिपल बिष्टले प्रष्टपारे ।

पहिलो चरणमा प्रिन्सिपलको रोजाइमा परेका शिक्षकहरु निसा भट्ट, यज्ञराज उपाध्याय, भक्तराज भट्ट र मोहन साउद हुन भने पछि थप गरिएका रवि अवस्थि, मनोज जोशी र ईश्वरदत्त बडु हुन् । त्यसैगरी पहिलो चरणमा कर्मचारीकालागी नियुक्त गरिएका डम्बर बहादुर बोहरा, प्रेम रावल, हरिसा धामी, भागरथी कुवर खड्का, शुसिला बिष्ट, ज्योती चन्द, रञ्जना खनाल, कौशिला भट्ट, रक्षा शाह, र लोकेन्द्र जोशी गरेर १० जना हुन् ।

विद्यार्थीहरुको आन्दोलन पश्चात थप गरिएका कर्मचारीहरुमा हरिस बहादुर खत्री, जानकी बोहरा, रोहित गिरी, गिता भट्ट, पशुपति जोशी, सरस्वती भट्ट ओझा, हेमन्त डंगौरा, रमेश भट्ट, कमल चन्द, र सुरेस कुमार रावल रहेका छन् ।

डा. बिष्टले सूचना तथा विज्ञापन नै ननिकाली मनोमानी ढङ्गले असक्षम कर्मचारी तथा शिक्षक नियुक्त गरेकोले भन्दै ६ जना एचआडिहरुले समेत राजिनामा गरेका छन् ।

अवैधानिक तरिकाले प्रिन्सिलपलले विश्वविद्यालयलाई ध्वस्त पार्न लागेको शिक्षा संकायकी भुवनेश्वरी बडु इन्जिनियरिङ्ग संकायका पुर्णनन्द पनेरु मानविकी संकायका दिपक जोशी व्यवस्थापनका प्रेम खाती सीएसआइटीका रमेश प्रसाद भट्ट र विज्ञान संकायका गोविन्द ढुङ्गाना गरि ६ जना एचओडीहरुले राजिनामा दिएका छन् । उनिहरुले पनि अवैधानिक नियुक्ति खारेजी हुनुपर्ने र प्रिन्सिपलको राजीनामा समेत आवश्यक रहेको बताएका छन् ।

शुक्रवार केहि प्राध्यापक पेन डाउन गर्ने समेत स्रोतले जानकारी दिएको छ । विद्यार्थीहरु भने विश्वविद्यालयमा स्वच्छ प्रकृयाबाट शिक्षक तथा कर्मचारी नियुक्त गरेर विश्वविद्यालय प्रशासन अगाडि बढेमात्र आन्दोलन स्थगित हुने बताउछन् ।

प्रतिक्रिया दिनुहोस्