तरकारी वीउमा समस्या आउन नदिन कृषकहरुसँग वीउ उत्पादन केन्द्रको परामर्श



धनवीर दाहाल, रुकुम ।
तरकारी वीउ उत्पादनको हिसावले मुख्य क्षेत्र मानिएको रुकुम पश्चिमका कृषकलाई वीउ रोगबाट बचाउनका लागी परामर्श अभियान थालेको छ । बर्षेनी दुई मेट्रीक टन उत्पादन वीउ उत्पादन गर्दै आएको केन्द्रले वीउ उत्पादनमा कमी हुन नदिने बताएको छ । तरकारी वीउ उत्पादनको हिसावले उद्गम स्थान मानिएको यस जिल्लामा तरकारी वीउ उत्पादन केन्द्र चाँपाले कृषकहरुसँग वीउ उत्पादनका समस्याका वारेका परामर्श थालेका हो । वीउमा देखिएको समस्या र समाधानका उपाएका वारेमा कृषकहरुसँग परामर्श थालेको तरकारी वीउ उत्पादन केन्द्र रुकुम पश्चिमका बरिष्ठ बागवानी बिकास अधिकृत डा. रविन्द्रनाथ चौबेले बताउनुभयो ।

जिल्लामा उत्पादन भएको मुल वीउ जिल्लाको माग धानेर जिल्ला बाहिर निर्यात हुने गरेको अवस्थामा स्थानीय सरकार देखी केन्द्रीय सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा कृषकहरुले जोड दिएका छन् । तरकारी वीउ उत्पादन केन्द्र चाँपाले बर्षेनि दुई मेट्रीक टन भन्दा बढी तरकारीको मुल वीउ उत्पादन गर्ने गरेको छ ।

लक्ष अनुसार नै जिल्लामा वीउ उत्पादन भैरहेको केन्द्र केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्याज, काउली, मुला रायो,केराउ, सिमि चम्सुर, साग, टमाटर, धनिया, भेडेखुर्सानी काँक्रा लगाएतकोे वीउ उत्पादन हुने गरेको छ । तरकारीको मुल वीउ जिल्लामा पुगेर सल्यान, रोल्पा, दाङ, प्यठान, गुल्मि, अर्घाखाँचि तथा केन्द्रिय तरकारी वीउ उत्पादन केन्द्र खुमलटार सम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्