निर्मलालाई न्याय माग्दै भिडियो



गीतकार प्रह्लाद शाहको शब्द रहेको मेरी आमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। मेलिना राईले गाएको गीतमा संगीत नवीन कार्कीको रहेको छ।

पछिल्लो समयमा नेपालमा बलात्कारपछि हत्याका घटना सार्वजनिक भइरहेको अवस्थामा यसको म्युजिक भिडियोमा निर्देशक विकास सुवेदीले यसै विषयमा भिडियोलाई केन्द्रित गरेका छन्।

रंगमञ्चकी चर्चित कलाकार शान्ति गिरी र नाइँ नभन्नु ल ५ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन्। भिडियोले निर्मला पन्तलाई न्याय होस् भन्ने मागसमेत गरेको छ। अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। म्युजिक भिडियो मनोरञ्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनतासँग प्रत्यक्ष जोडिने विषय भएकाले गहन विषयमा भिडियो तयार गरेको निर्देशक सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्