हलिउड अभिनेत्री पेनीको निधन



हलिउडकी सफल महिला निर्देशक तथा अभिनेत्री पेनी मार्सलको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ।

मधुमेहसम्बन्धी जटिलताको कारण उनको निधन भएको बताइएको छ। क्यालिफोर्नियाको हलिउड हिल्सस्थित आफ्नो घरमा उनको निधन भएको हो। पेनीले बिग तथा लिग अफ दियरजस्ता फिल्मको निर्देशन गरेकी थिइन् भने टेलिभिजन सिरिज लार्वेन एन्ड सर्लीमा उनको कामको कारण पहिचानमा आएकी थिइन्। निर्देशनको क्रममा पेनीको सन् १९८६ मा पहिलो फिल्म जम्पिङ ज्याक फ्ल्यास पहिलो थियो।

प्रतिक्रिया दिनुहोस्