दूधले नुहाएर विपीनको विद्रोह



पत्रकार तथा घामपानी निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म गोपीको बुधबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा विपीन कार्की र उनले अंगालेको पेसा गाईपालनलाई प्राथमिकता दिइएको छ। यसका साथमा गाईपालनमा देखिएका समस्या, दूध विक्री गर्ने कृषकलाई पर्ने मर्कादेखि माया र प्रेम तथा वासना र आकर्षणको विषयलाई पनि निर्देशक लामाले ट्रेलरमा समेटेका छन्। जसअनुसार फिल्मका मुख्य पात्र बनेका विपीन कार्कीदेखि गाईपालकसम्मले दूधले नुहाएर विद्रोह गरेको पनि ट्रेलरमा देखिन्छ। ट्रेलरमा मौलिक र पेचिला संवादलाई समेटिएको छ।

आरोही केसीद्वारा निर्मित फिल्म आगामी माघ १८ गते अल नेपाल रिलिज हुँदै छ। फिल्मको कथाअनुसार नै ट्रेलर तयार पारिएको निर्देशक लामाले बताए। फिल्ममा विपीन र वर्षासँगै सुरक्षा पन्त, अंकित खड्का, हिउँबाला गौतम, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाललगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने सामिप्य तिमल्सेनाको लेखन, विप्लव प्रतीक र बुद्धिसागरको गीत, न्ह्युँ वज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्म आरोही फिल्मस्को ब्यानरमा आरोही केसीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्