प्रमको राजिनामा



ब्रसेल्स,(एजेन्सी)
बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले आप्रवासी विषयमाथिको विवादलाई लिएर बुधवार पदबाट राजिनामा दिएका छन् । केहि दिन अघि मात्र उनको प्रमुख गठबन्धनका एकजना साझेदारले पनि यसै विषयलाई लिएर राजिनामा दिएका थिए ।

गत साता मार्राकेसमा संयुक्त राष्ट्र संघको आप्रवासी सम्झौतामा भएके हस्ताक्षरमा मािचेलले गरेको समर्थनलाई राष्ट्रवादी न्यु फ्लेमिस एलायन्स ( एन – भिए ) ले साथ छोडेको थियो । विपक्षी राजनीतक पार्टीहरुले आफ्नो अल्पमत सरकारलाई समर्थन गर्न अस्विकार गरेपछि अन्तत उनी राजिनामा नै दिने मनस्थितीमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्