जो अगुवा उही बाटो …



धरहराको उद्देश्य यो देश नै हराभरा बनाउने हो । कत्तिका प्रवृत्तिका विरुद्ध करायो करायो धरहरा तर आफ्नै पक्षमा भने मौन रह्यो । त्यसैले धरहरा यसपालि आफ्नैविरुद्ध खनिएको छ । समाचार सङ्कलन गर्ने, लेख्ने, सम्पादन गर्ने र सम्प्रेषण गर्नेलाई मात्र पत्रकार भन्छन् भनेर धरहराले बुझ्दै आएको हो तर धरहराको त्यो सोचाई नै गलत रहेछ ।

त्यस्तालाई मात्र पत्रकार भन्न नहुनी रहेछ । आधुनिक परिभाषामा त फोरम चलाउने, घरजग्गाको कारोबार गर्ने, नेताका घरदैलोमा गएर नारदले झैँ पोल लगाउने, वक्तव्य जारी गरिदिने, पत्रकारिता नामक पुरस्कार खोलेर लिने÷दिने, लेख्नै नजान्नेलाई पनि पत्रकार भन्नुपर्ने रहेछ । एकजना सम्पादकले संवाददातालाई समाचार लेख्न निर्देशन दिएछन्

आज बहस छ अर्थको विषयमा, समाचार लेखेर ल्याउनु तर ‘आज’ चाहिँ नलेख्नु नि आज लेख्दा पाठकमा दुविधा हुन्छ । संवादादाताले समाचार लेखेछ ‘आर्थिक समृद्धि र विकास मंगलबारको आवश्यकता हो ।’ यस्तो छ हाम्रो पत्रकारको हालत । पार पारका छन् पत्रकार । कोही पुरस्कारका लागि मात्र जन्मेका छन् कोही दोसल्ला र मालाका लागि । लेख्न नजाने पनि पुरस्कृत भएका छन् । वरिष्ठ कहलिएका छन् । कसलाई के भनूँ र खै अरुलाई बाटो देखाउने नै यस्तै भएपछि । नेपालमा एउटा उखानै छ नि जो अगुवा उही बाटो ….।

प्रतिक्रिया दिनुहोस्