हलिउड अभिनेता डेनियलले पिउँछन् १८ वियर



एजेन्सी । चर्चित हलिउड जेम्स बण्ड स्टार डेनियल क्रेगले आफ्नो लोकप्रियताको श्रेय थोरै समयमा अत्याधिक ड्रिकं गर्नुलाई दिएका छन् । डेलिस्टारको रिपोर्ट अनुसार ५० वर्षीय डेनियलले भनेका छन्, “मलाइ पव वारमा ३० मिनेटभित्रमा यो अवुसर मिलेको थियो ।

आधाघण्टामा मैले १८ वोतल वियर पिउन सक्छु । मलाइ पव जान र ड्रिंक गर्न मन पर्छ । मानिसहरुसंग घुलमिल हुन र नयाँ पवको लागि म नयाँ ठाउको खोजिमा जान्छु । साथै उनले आफ्नो नाइट आउट विगार्नमा स्मार्टफोनको ठुलो भुमिका रहेको गुनासो गरे । किनकी फ्यानहरु उनलाइ जहा देख्यो त्यहि सेल्फी लिन तम्सिन्छन् ।

डेनियललाइ दिनैपिच्छे अटोग्राफ दिन र तस्विरको लागि नयाँ पोज दिनमा केहि आपत्ति छैन । तर पुरै रात सेल्फी खिचाउन उनलाइ मन पर्दैन । आफु एक सेलिब्रेटी भएकोले सामान्य जिन्दगी जिउन मुस्किल पर्ने डेनियलको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्