विश्वकै सुन्दरी प्रहरीलाई आफ्नै सुन्दरता बन्यो अभिषाप



काठमाडौं । जर्मनकी विश्वमै सुन्दर महिला पुलिस अधिकारी एड्रिएन कोलेसजरलाई पुलिसको जागिर र मोडलिङ सँगसँगै नगर्न विभागले चेतावनी दिएको छ ।

हट तस्बिरका कारण सामाजिक सञ्जालमा अत्यधिक चर्चामा रहेकी कोले सजरलाई एक पुलिस अधिकारी भएर मोडलको जसरी तस्बिर शेयर नगर्न सुझाव दिंदै सूचना पठाएको हो ।

यस वर्षको शुरुवातीमा ६ महिनाको छुट्टीमा रहेकी कोलेसजरलाई काममा फर्किदा मोडल होइन पुलिस अधिकारी भएर फर्कन पनि सुझाव दिएको छ ।

कालेसजरले डेलीमेललाई बताएकी छिन् कि प्रहरी विभागलाई उनको तस्बिरसँग कुनै समस्या नभएको तर विभागमा कर्मचारीको अभावक कारण उनलाई नोकरीमा फर्किन सुझाइएको हो ।
उनी आफ्नो सुगठित शरीरप्रति निकै गर्व महसुस गर्छिन् ।

उनी सामाजिक सञ्जालमा तस्बिरहरु शेयर गरिरहन्छिन् जसका कारण उनका फलोअर्सको संख्या पनि उच्च रहेको छ । त्यतिमात्र होइन प्रशंसकहरु सानातिना गल्ती र अपराध गरेरै उनको हातबाट गिरफ्तार हुन चाहेको पनि प्रतिक्रिया जनाउन थालेका छन् ।

त्यसैले उनलाई तस्बिर शेयर नगर्न प्रहरी विभागले सल्लाह दिएको हो ।
उनी फिटनेसको पारखी हुन् । उनी ड्युटी सकेपछि पाँच दिनसम्म जिममा कडा मेहेनत गर्छिन् । १.७३ मिटर अग्ली एड्रिन आफ्नो फिगर कामको लागि पनि महत्वपूर्ण भएको बताउँछिन् ।

सामाजिक सञ्जालमा जोडिरहन पनि रुचाउँछिन् । उनको इन्स्टाग्राममा ९५००० फलोअर्स रहेका छन् । उनी २०१५ मा बडीबिल्डीङ डब्ल्युएममा सहभागी पनि भइसकेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्