गाह्रो हुन्छ फेरि सार्वजनिक



चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलको स्वरमा दोहोरी गीत गाह्रो हुन्छ फेरि सार्वजनिक भएको छ।
यादव लम्सालको शब्द रहेको यस गीतमा संगीतकार अर्जुन पोखरेललको संगीत रहेको छ। यसको म्युजिक भिडियोमा गायक गायिकासहित विन्दु खड्का, विवेक खड्कालगायत अन्य कलाकारको नृत्य तथा अभिनय रहेको छ। विवेक विकको छायांकन रहेको गीतमा विवेक खड्काको निर्देशन र सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्