चर्चमाथि कारवाही



बेइजिंग,(एजेन्सी)
पछिल्ला समयमा चीनका गिर्जाघरहरुमा निगरानी र दमन बढाउन थालेपछि सरकारले इसाई गतिविधिमाथि थप कडा नीति अपनाउन सक्ने चिन्ता इसाइ समुदायले प्रकट गरेको छ । पक्राउ पर्नेहरु मध्ये सिचुआन स्थित अर्ली रेन कभेनन्ट चर्चका एक नाम चलेका पास्टर र उनकी पत्नी पनि रहेका छन् ।

तिनीहरु दुवैलाई राष्ट्रघाती काम गरेको अभियोग लगाइएको छ । यसैबिच शनिवार बिहान दर्जनौं प्रहरीले गुआँगझोउ स्थित रोन्गुइली चर्चको चिल्ड्रेन्स बाइवल क्लासमा पनि छापा मारेका थिए । औपचारिक रुपमा नास्तिक भएपनि चीनले धार्मिक स्वतन्त्रताको दिएको बताउँछ ।

प्रतिक्रिया दिनुहोस्