निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटो बनाउन सुझाव



काठमाडौं, (नेस)
राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभई निर्माण काम अघि नबढाउन सरकारलाई सुझाव दिएका छन्।
समितिको मंगलबार बसेको बैठकमा संसदहरुले सो सुझाव दिएका हुन् ।
सांसद सुरेन्द्रराज पाण्डेले विमास्थलको निर्माण गर्ने भनिएको ठाउँका स्थानीय जनताको उचित व्यवस्थापन गरी विमानस्थल निर्माणको काम शुरु गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यो वा त्यो बहाना नगरी समयमानै विमानस्थल निर्माण गर्नुपर्ने धारण राख्नु भयो ।
सरकारले राष्ट्रय गौरवका आयोजनाको सँचीमा राखेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
आयोजनाको लागत १ खर्ब २० अर्बभन्दा बढी लागत लाग्ने प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्