इन्धनको मूल्य २ रुपियाँ घट्यो



काठमाडौं, (नेस)
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ मूल्यका दरले घटाएको छ। नयाँ मूल्य मंगलबार राति १२ बजेबाट लागँ हुने निगमले जनाएको छ । मंगलबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

मँल्य समायोजनसँगै पेट्रोल प्रतिलिटर १ सय १० रुपियाँ, डिजेल र मट्टितेल ९७ रुपियाँ कायम भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले आइतबार पठाएको नयाँ मूल्यसूची अनुसार मँल्य समायोजन गरेको हो ।

आईओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मँल्य सँची पठाउने गर्छ।

निगमले २०७१ भदौ १३ गतेदेखि स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मँल्य समायोजन गर्दै आएको छ।

मँल्य समायोजनपश्चात निगमलाई पेट्रोलमा १३ रुपियाँ ७१ पैसा डिजेलमा ९ रुपियाँ ८५ पैसा एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८५ रुपियाँ घाटा छ । तर, हवाई इन्धनमा भने नाफा छ । नाफा समायोजान गर्दा १५ दिनमा ८८ करोड २२ लाख रुपियाँ नाफा हुने प्रक्षेपण निगमले गरेको छ । चाडवाडमा निगमले उपभोत्तालाई राहत दिन भन्दै मूल्य समायोजन नगर्दा करिब ३ अर्ब २६ करोड रुपियाँ घाटा व्यहोर्नु परेको थियो ।

मँल्य समायोज पश्चात पनि सिमावर्ती क्षेत्रभन्दा नेपालमा पेट्रोल ११ र डिजेल १३ रुपियाँ प्रतिलिटर सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्