कैलाश विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं, (नेस)
कैलाश विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा कैलाश विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णगोपाल मानन्धर तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार ग्राहकले कैलाश विकास बैंकका सबै शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न प्रिमियम भुक्तानी गर्न दाबी गर्नलगायत सबै जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्