सिटिजन्स बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रिब्दिकोट गाउँपालिका–७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई दुई लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

कृषि बाली विज्ञान अध्ययन गर्ने पीजेटीएका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामग्रीे खरिद गर्नका साथ साथै विद्यालयको भौतिक पँर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने अध्यक्ष कँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्