महिन्द्रा ट्रेक फेस्टमा बालाजु अटोवक्र्स विजेता



काठमाडौं, (नेस)
महिन्द्रा ट्रेक फेस्ट २०१८ अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिताअन्तर्गत तीन समँहमा व्यावहारिक, सैद्धान्तिक तथा अन्तर्वार्ता गरी विजेता छनोट गरिएको छ ।
डाइग्नोस्टिक विशेषज्ञ, प्राविधिक तथा सर्भिस एड्भाइजर विधामा प्रतियोगीको छनौट गरिएको थियो । यसअघि सन् २०१७ मा आयोजित ट्रेकफेस्टमा अग्नि ग्रुपको भगिनी संस्था बालाजु अटोवक्र्सले तीनवटै विधामा पुरस्कार प्राप्त गरेको थियो ।

बालाजु अटोवर्क प्रालिले विभिन्न ३ समँहअन्तर्गत ९ वटा अवार्ड मध्ये ३ वटा अवार्ड प्राप्त गर्न सफलभएको छ ।

डाइग्नोस्टिक विशेषज्ञतर्फ विनोद श्रेष्ठ (विजेता), प्राविधिक व्यक्तिगततर्फ तिर्थ श्रेष्ठ (फस्टरनर अप), सर्भिस एडभाइजरतर्फ सुभाष बुढाथोकी ( फस्टरनर अप) भएका थिए ।

उक्त कार्यक्रममा क्याविनेट श्रेष्ठ (अध्यक्ष, अग्नि ग्रुप), कागलकर चैतन्य (कन्ट्री हेड, महिन्द्रा एन्ड महिन्द्रा), को उपस्थिति थियो । उहाँहरुले विजेतलाई नगद तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्