कर्णाली प्रदेशकै पहिलो कृषि क्याम्पस सुर्खेतमा



प्रकाश पन्त, वीरेन्द्रनगर
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा कृषि विषयमा स्नातक तह पढाउन कर्णाली कृषि क्याम्पस संचालन हुन लागको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आंगिक क्याम्पसको रुपमा यो क्याम्पस संचालन हुन लागेको हो ।

विएसी एजीको पढाई हुने क्याम्पस संचालनको लागि आवश्यक सवै प्रक्रिया अघि बढाएको क्याम्पस संचालन मूल समितिका सदस्य सचिव नारायणप्रसाद सिग्लेलले बताए । विश्वविद्यालयका डीन प्राध्यापक जयप्रकाश दत्तको टोलीले अनुगमन गरी आंगिक क्याम्पस संचालन गर्न सकिने सुझाव दिएपछि हामीले आवश्यक प्रक्रिया अघि बढाएका छौ, उनले भने ।

समितिले क्याम्पसका लागि चाहिने आठ विगाह जग्गाको पनि व्यवस्था गरेको छ । प्रदेश सरकारले आर्थिक भार र विश्वविद्यालयले प्र्रशासनिक व्यवस्थापन गरे आउँदो चैत्र महिनाबाट क्याम्पस संचालन गर्ने तयारी थालिएको छ । क्याम्पसको लागि चाहिने जग्गा विश्वविद्यालयको नाममा पास भए र प्रदेश सरकारले आर्थिक व्ययभार व्यहोरे चैत्र महिनाबाटै क्याम्पसमा पढाई संचालन हुने कृषि तथा वन विज्ञान विश्वविद्यालयले बताएको छ ।

कर्णाली कृषि क्याम्पसको नयाँ भवनहरु नवन्दासम्म जनज्योति माध्यामिक विद्यालयकै भवनमा विएसी एजीको पढाई संचालन हुनेछ । कर्णाली प्रदेशका २३ वटा विद्यालयमा अहिले आइएजी एजी पढाई भैइरहेको छ । यि विद्यालयहरुमा करिव एक हजार ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन ।

बड्डीचौरमा स्नातक तहको कृषि क्याम्पस स्थापना भए यि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वीएसी एजी पढन प्रदेश बाहिर जानु पदैन, सदस्य सचिव सिग्देलले भने, एकातिर विद्यार्थीलाई पढन सजिलो हुन्छ अनि अर्कोति पश्चिम सुर्खेतको विकासमा पनि टेवा पुग्छ । कर्णाली प्रदेशका विएसीएजी पढने विद्यार्थीलाई सजिलो होस भन्ने उदेश्यले जनज्योति माध्यामिक विद्यालयले क्याम्पस संचालनको लागि अग्रिसरता लिएको पनि उनले बताए ।

कर्णाली कृषि क्याम्पस स्थापनाको लागि गठन भएको मूल समितिले कृषि क्याम्पस स्थापनाको लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । सोमवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाउँदै समितिले तत्काल क्याम्पस संचालनको लागि आर्थिकलगायतको सहयोग गरिदिन आग्रह गरेको हो । समतिले मुख्यमन्त्रीसँग संघिय सरकार र कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई क्याम्पस संचालनको लागि आवश्यक सहयोग गर्नको लागि प्रदेश सरकारको तर्फबाट पनि अगुवाई गरिदिन आग्रह गरेको छ ।

ज्ञापन पत्र बुझ्रदै मुख्यमन्त्री शाहीले कृषि क्याम्पस संचालन गर्नु खुशीको कुरा भएको उल्लेख गदै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । त्यस क्षेत्रवाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सासद यज्ञबहादुर विसी, विन्दमान विष्ट, पूर्वसासद नरबहादुर विष्ट, मूल समितिका अध्यक्ष नन्दराम अधिकारी, समितिका सदस्य सचिव नारायणप्रसाद सिग्देल, सदस्यहरु डम्वर गरंजालगायतले ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्