संसद् अधिवेशन ११ गतेबाट



काठमाडौं, (नेस)
संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ गते बुधबार ४ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठक आह्वान भएको पत्र संसद् सचिवालयलाई प्राप्त भइसकेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संसद्को दोस्रो अधिवेशन असोज ११ गते राति १२ बजेबाट अन्त्य भएको थियो ।

संघीय संसद्को पहिलो अधिवेशन २०७४ वैशाख २१ गतेबाट जेठ २० गतेसम्म चलेको थियो । दोस्रो बैठक वैशाख २३ गतेबाट शुरु भएको थियो । बैठकको पहिलो दिन राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाइने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्